
अध्यक्ष पदका दावेदार भट्ट कि गुरुङ बलियो ?
काठमाडौं, २९ असोज। बहुचर्चित गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि तीन जना प्रत्यासीले उम्मेदवारी दिएका छन् । राजधानीस्थित होटल ह्यातमा भइरहेको एनआरएनको ८ औं विश्व सम्मेलन अर्थात निर्वाचनमा आगामी नेतृत्वका लागि दाबी गर्दै बर्तमान उपाध्यक्ष भवन भट्ट, पूर्वउपाध्यक्ष टिबी कार्की र बर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा ७ जना र महासचिवमा २ जनाले उम्मेदवारी दर्ता भएको छ । हाल चर्चामा रहेको एनआरएनको निर्वाचनमा अध्यक्षका प्रत्यासी भट्ट, गुरुङ र कार्कीमध्ये एकले नेतृत्व लिनेछन् । अध्यक्षका प्रत्यासी भट्ट र गुरुङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अध्यक्षका प्रत्यासी भट्ट विवादास्पद व्यक्ति हुन् । नेपालमा महाभूकम्प आएको बेला जापानमा उठेको पैसा हिनामिना गरेको उनीमाथि आरोप छ । जापानको कुख्यात आपराधिक समूह याकुजाको अवैध पैसा लगानी गरेर व्यवसायी बनेको समेत उनीमाथि आरोप लगाइएको छ ।
प्रतिक्रिया