
बौद्धस्तुपाबाट चर्चित पर्यटकीय स्थल नमोबुद्धसम्म सिधा बस सेवा
काठमाडौं । आन्तरिक पर्यटनलाई बृद्धि गर्ने उदेश्यले पहिलो पटक राजधानीको बौंद्धदेखि काभ्रेको पर्यटकीय क्षेत्र नमोबुद्धसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । उक्त बस सेवा आज नेपाली कांग्रेसका युवा नेता एवं काभ्रे क्षेत्र नम्बर-१ प्रदेश सभा 'ख' का उम्मेदवार गणेश लामाले उद्घाटन गरेका हुन् । उक्त बस सेवा उद्घाटन गर्दै नेता लामाले बौंद्धबाट उक्त बस सेवा सञ्चालन गर्दा आन्तरिक पर्यटनमा मात्र टेवा नपुगि अबका दिनमा विदेशी पर्यटकहरु समेत आकर्षित हुने बताए ।
उनले भने, 'दुई चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्रको सम्पर्कले काभ्रेका स्थानीय जनताको जीवनस्तर उकास्न सहज हुनेछ । ऐतिहासिक र धार्मिक महत्व रहेको नमोबुद्धको ब्यापक-प्रचार हुनेछ ।' उनले काभ्रेका जनताको आर्थिकस्तर उठाउन आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भुमिका हुने बताएका थिए । लामाकै पहलमा सो बस सेवा सञ्चालनमा आएको हो ।
प्रतिक्रिया