
त्रिअविमा यतिको विमान चिप्लियो, दुई घाईते, बाँकी सवैको सकुशल उद्धार
काठमाडौं । यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेपछि अहिले उडान-अवतरण ठप्प भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको फ्लाइट नं. एनवाइटी, ४२२ एटीआर ७२-५०० जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु रहेका थिए ।
चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिअविबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छन् । नेपाल आइरहेका अन्तर्राष्ट्रिय उडानलाई डाइभर्ट गरिएको त्रिअवि नागरिक उड्ययन कार्यालयले जनाएको छ । करिब डेढ दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् ।
अहिले धावनमार्गबाट चिप्लिएको जहाज हटाउने कार्य भइरहेको छ । उक्त विमानमा सवार दुई जना सामान्य घाइते भएको विमानस्थल प्रवक्ता प्रताप तिवारीले जानकारी दिए भने अन्य यात्रुहरुलाई सकुशल उद्दार गरिएको थियो ।
प्रतिक्रिया