
पुरुष भलिबल प्रतियोगिता यही असोज १२ गतेबाट
चौतारा । सिन्धुपाल्चोक जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको पुरुष भलिबल प्रतियोगिता यही असोज १२ गतेबाट सुरु हुने भकाउे छ । चौतारा साँगाचोकगढी नगरपालिक-४ स्थित कालिकादेवी माध्यमिक विद्यालयले विद्यालयका संस्थापकहरुको सम्मानमा स्थापना गरेको 'कालिकादेवी संस्थापक स्मृति कप-२०७६' को प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । सदरमूकाम चौतारामा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले सो प्रतियोगिता विद्यालयकै परिसरमा हुने जानकारी दिँदै प्रतियोगितको सम्पूर्ण तयारी भएको जानकारी दिए ।
प्रतिक्रिया