
क्यानको अध्यक्षमा चन्द र उनको समूह विजयी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार भएको निर्वाचनबाट चतुरबहादुर चन्द निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी विनयराज पाण्डेलाई भारी मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा चन्द ४४ मत ल्याए भने पाण्डेले मात्र १५ मत । त्यसैगरी, क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले मात्र १७ मत ल्याएर पराजित भए ।
सचिवमा अशोकनाथ प्याकुरेल विजयी बने भने उनका प्रतिस्पर्धी विनोद मैनालीले मात्र १५ मत ल्याए । जबकि विजयी प्याकुरेलले ४३ मत प्राप्त गरे । त्यसैगरी, कोषाध्यक्षमा रोशनकुमार सिंह ४५ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी उपेन्द्र भट्टराईले मात्र १३ मत पाए । सदस्यहरुमा क्रमशः प्रदेश नम्बर १ मा कैलाश विष्ट, प्रदेश ३ मा अमितवीर पाण्डे भए ।
प्रदेश नम्बर २ बाट यसअघि नै दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका थिए । त्यसैगरी, महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन्उ । खुला सदस्यतर्फ भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक, करण क्षेत्री, माधव कर्माचार्य र सञ्चय सिंह चयन भए ।
प्रतिक्रिया