
संसारकै सबैभन्दा उचाईमा गल्फ प्रतियोगिता
कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबै भन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबै भन्दा उचाइमा भएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो । सगरमाथा क्षेत्रको चार हजार दुई सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र तीन हजार आठ सय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको हो । प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए ।
बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनकाअनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ हो । आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो ।
प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले विश्वकै उचाइमा गरिएको यस कार्यक्रमप्रति आयोजकलाई बधाई दिँदै एनसेलले आफ्ना ग्राहकको सपना साकार पार्न मद्दत गर्ने बताए ।
व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए । प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइने छ ।
दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उपमहाप्रबन्धक घिमिरेले जानकारी दिए । अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो ।
प्रतिक्रिया