
मल्लले पाए नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी जिम्मेवारी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान पारस खड्काको राजीनामा स्वीकृत गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी जिम्मेवारी ज्ञानेन्द्र मल्लले दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएसँगै पूर्व कप्तान पारसले पद त्यागको घोषणा गरेका थिए । क्यानले मल्ललाई अर्को निर्णय नहुँदासम्मका लागि भन्दै कप्तानी जिम्मेवारी दिएको हो । पूर्व कप्तान पारसले पनि भविश्यको कप्तानका रुपमा ज्ञानेन्द्र मल्ललाई सुझाएका थिए ।
गत असोज २८ गते कप्तानी जिम्मेवारी त्यागेको घोषणा गरेता पनि उनले राष्ट्रिय टोलीमै रहेर खेलाडीका रुपमा रहेर अझै मुलुकलाई योगदान दिने इच्छा व्यक्त गरेका थिए । पूर्व कप्तान पारसले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए ।
कप्तानी जिम्मेवारी पाएका मल्लले आफूलाई एउटा कुशल र योग्य खेलाडीका रुपमा उनले सावित गरिसकेका छन् । अनुभवि भेट्रान खेलाडी भएका कारण पनि उनलाई कप्तानी जिम्मेवारी कठिन नहुन सक्छ । यद्यपि उनले कप्तानी जिम्मेवारी कसरी निभाउने छन् ? त्यो भने हेर्न बाँकी नै छ ।
फोटोः मिडिया फाइल
प्रतिक्रिया