
जानौंः बास्तबिक सौन्दर्य के हो ?
एउटी छोरीले आफ्नो पितालाई सोधिन-बाबा मैंले आफ्नो शरीरको कति हिस्सा ढाकु र कति हिस्सा खुला छोडी दिउँ ?
बाबाले धेरै सुन्दर जबाब दिए-छोरी जति हिस्सामा तिमी नर्कको आगो सहन सक्छौं, त्यति नै हिस्सा खुला छोडी देउ ।
छोरीले सोधिन-यस्तो किन बाबा ?
बाबाः किनकी शरीरको अंग ढाकनु धेरै जरूरी हुन्छ । तिमीले श्रीकृष्णले गोपिनीहरुको कपड़ा चोरेको कहानी त सुन्यौं होली । जब गोपिनीहरु तलाउमा निर्वस्त्र भएर नुहाए । तब भगवान श्रीकृष्णले उनीहरुको कपड़ा उठाएर लैजान्थे । र, उनीहरुलाई दुःख दिन्थे । किनकी उनले चाहदैनथे कि कुनै पनि स्त्री नांगै ननुहाउन ।
गोपिनीहरुलाई मनुष्य शिवाय जीवजंतु पशुपंक्षी माछा वा अन्य जनावरले पनि हेर्दथे । जसको ज्ञान गोपिनीहरुलाई थिएन । त्यसैले उनले बिना कपड़ाको नुहाउनको लागि मनाही गर्दथे । स्त्रीलाई आफ्नो अंग ढाक्न शिक्षा दिन्थे । तर केहि मान्छेहरुले यसको उल्टो अर्थ निकाले ।
छोरीले सोधिन-बाबा यदी मैले शरीरको सम्पूर्ण अंग ढाके भने कसरी सुन्दर देखिन्छु त ?
बाबा:यसको जबाब म पछि दिन्छु । केहि दिन पछि बाबा कामले विदेश गए, त्यहाँबाट उनले छोरीको लागि गिफ्ट पठाए ।छोरीले गिफ्ट खोलीन, त्यसमा एप्पलको मोबाइल थियो । बाबाको फोन आयो । बाबाले भने-छोरी गिफ्ट कस्तो लाग्यो ?
छोरीः धेरै राम्रो ।
बाबाः छोरी अब के गछौं ?
छोरीः सबभन्दा पहिला मैंले यो फोनको लागि स्क्रीनगार्ड र कभरर किन्छु ।
बाबाः यो के का लागि ?
छोरीः यसबाट फोन सुरक्षित हुन्छ ।
बाबाः के यो लगाउन जरूरी छ र ?
छोरीः हो बाबा धेरै जरूरी हुन्छ ।
बाबाः अनि के एप्पल कम्पनी पनि लगाउनु भनेको छ ?
छोरीः हो बाबा बक्समा ईन्ट्रक्सनमा लेखिएको छ कि यो जरूर लगाउनु होस् ।
बाबाः यो लगाउँदा फोन नराम्रो त देखिन्न ?
छोरीः होइन बाबा, यो लगाउँदा फोन अझै धेरै सुन्दर देखिन्छ ।
बाबाः छोरी जब एक मोबाइलको सेफ्टी र सुन्दर देखिनको लागि स्क्रीन गार्ड र कभर धेरै महत्ववूर्ण हुन्छ भने तिमी त त्यो ईश्वरको सुन्दर रचना हौं । तिम्रो सेफ्टी र सुन्दरताको लागि नै उसले शरीर ढाक्न भनेको हो । जब स्क्रिन गार्ड र कभरले मोबाइल सुन्दर हुन्छ भने त्यसरी नै शरीरको अंग छोप्नाले तिमी पनि अझ धेरै सुन्दर देखिन्छौं । र, सबैले तिम्रो इज्जत पनि गर्छन् ।
शरीर खुला राख्नाले होइन ढाक्दा सुन्दरता आउँछ । र, यो केवल तिमीमा मात्र होइन हर मान्छेमा लागू हुन्छ । त्यो चाहे स्त्री होस या पुरुष । यदि हामी पनि निर्वस्त्र भएर घुम्न लाग्यौं भने जनावर र हामीमा कुनै फरक रहदैन् । र, न हामी स्वयम्लाई बुद्धीजीवि भन्ने अधिकार हुन्छ ।
छोरीको आँखामा आँसु आयो ।
आज पिताले आफ्नी छोरीलाई जिन्दगीको एक महत्वपूर्ण शिक्षा दिए ।
छोरीले हात जोडेर भगवानलाई भनिन कि प्रत्येक छोरीलाई मेरो बाबा समान पिता नै दिनु । यो मेरो भगवानसंग प्रार्थना छ ।
#गणेशजी #सौन्दर्य
प्रतिक्रिया