
'गॉजा औषधी हो, जगतका लागि गॉजा अमृत हो'
आज लागू औषधबिरूद्धको लडाई दिवस् । मानिसहरू नबुझेर गॉजालाई लागूपदार्थ मानेर भ्रम छर्ने गरेको पनि आज देखिएको छ । दशौं हजार वर्षसम्म गॉजा खुला रहेको हाम्रो समाज आज भन्दा पहिले शान्त र विकसित रहेको मानिन्छ ।
गॉजा औषधी हो । मानवजाति र प्राणीजगतका लागि गॉजा अमृत हो ।
गॉजा खाएर कुनै रोग लाग्दैन र यसबाट विश्वमा आजसम्म १ जना पनि मरेको रेकर्ड छैन । अरू लागू पदार्थको दुर्ब्यसनीको दुर्ब्यसन हटाउन पनि गॉजाले ठूलो मद्दत गर्छ । यो एन्टिडोट पनि हो ।
रक्सी चुरोटबिरूद्ध चुँ नबोल्ने तर पाए आफै नधोकी वाक्य नफुट्ने केही कथित डाक्टर पदवीधारी हावामा गॉजाबाट मान्छे मरेको भन्दै वक्तब्य र लेख लेखिरहेको आज देखिएको छ । त्यस्ता स्वघोषित प्रमाण नभएको पूर्वाग्रही गॉजाविज्ञको बहकावमा नपर्नु होला । त्यो सबै गलत तथ्य हुन् ।
गॉजा औषधिको रूपमा लिन सकिन्छ । जुन कुरा पनि बढी प्रयोग गर्यो भने खति गर्छ ।
तर अरू लागू पदार्थ जस्तो गॉजाले नोक्सानी गर्दैन । गॉजा खाने मान्छे एकदम शान्त, नम्र, चुपचाप बस्ने, अहिंस्रक, डरपोक, यौनचाहना न्युन भएको हुन्छ । बलात्कार उसबाट हुनै सक्दैन ।
उसले अपराध गर्दैगर्दैन तर गॉजा किन्ने पैसाका लागि बाआमा, दाइदिदीको खल्ती बेलाबेलामा चट् पार्न सक्छ । अरू अपराध गर्ने हिम्मत उसले गर्दैन । गॉजा खुला भएको समाज शान्त रहेको पाईन्छ । गॉजा खुला गरिएका पश्चिमा मुलुकहरू निरन्तर शान्त बन्दै गएको अध्ययनले देखाएको छ ।
त्यहॉ शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको बजेट खर्च कम हुदै गएको छ । सरकारलाई सजिलो भएको छ ।
गॉजाका पचासौं हजारौं उपयोग छन् । नसा यसको एक मात्र दुरूपयोग हुन सक्ने पक्ष हो । तर यसको यही नसालु गुण पनि प्रभावकारी अर्ग्यानिक प्राकृतिक पिडाहरण औषधी हो ।
प्रतिक्रिया