
तब देवर्षिले आफ्नो वीणा उठाए अनि ‘राधे-राधे’ भन्न थाले
राधाको स्तुतिदेखि देवर्षि नारद चिढिएका थिए । गुनासो थियो कि उनी कृष्णलाई अथाह प्रेम गर्दथे फेरी पनि हर भक्त ‘राधे-राधे’ किन भन्थे । आफ्नो व्यथा लिएर श्रीकृष्णसंग पुगे । देखे कि श्रीकृष्ण भयंकर टाउको दुखाइले कराइरहेका थिए । देवर्षिलाई दया जाग्यो ।
उनले सोधे, 'भगवान ! के यस टाउको दुःखाईको कुनै उपचार छ । मेरो हृदयको रगतले यो पीडा शान्त हुन्छ भने म आफ्नो रक्त दान गर्छु ।’ श्रीकृष्णले उत्तर दिए, ‘नारदजी, मलाई कसैको रगतको आवश्यकता छैन । मेरा कोई भक्त आफ्नो चरणामृत यानी आफ्नो खुट्टा धोएको पानी पिलाई देओस, मेरो पीडा शान्त हुन्छ ।’
नारदले मनमा सोचे, ‘भक्तको चरणामृत, त्यो पनि भगवानको श्रीमुखमा । यस्तो गर्दा घोर नरकको भागी बनिन्छ । भला यो सब जानेर नरकको भागी बन्न को तैयार हुन्छ ?’
श्रीकृष्णले नारदलाई भने कि उनलाई रुक्मिणीसंग जान । नारदजी रुक्मिणीको पास गए । उनले रुक्मिणीलाई सारा वृत्तांत सुनाए । तब रुक्मिणीले भनिन, ‘हुन्न, हुन्न ! देवर्षि, म यो पाप गर्न सक्दिन ।’
तब श्रीकृष्णले उनलाई राधा कहाँ पठाए ।
राधाले सुन्ने बित्तिकै, तत्काल एक पात्रमा जल ल्याएर त्यसमा आफ्नो दुई वटा खुट्टा डुबाइन र भनिन्, ‘देवर्षि, यसलाई तत्काल श्रीकृष्णको पास लिएर जानुस् । मलाइ थाहा छ कि भगवानलाई आफ्नो गोडाको जल पिलाए पछि म घोर नरकमा पर्छु । तर आफ्नो प्रियतमको सुखको लागि म अनन्त युगसम्म नरकको यातना भोग्नलाई तैयार छु ।’
अब देवर्षिले बुझे कि तिनै लोकमा राधाको प्रेमको स्तुतिगान किन हुन्छ । उनले पनि आफ्नो वीणा उठाए र राधाको स्तुति गाउन थाले । #गणेशजी
प्रतिक्रिया