
सिन्धुपाल्चोकको घुम्थाङ र नाकुचेमा पहिरो आतंक (फोटोसहित)
सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को गर्दै विपत्ति थपिएको छ । बाह्रविसे नगरपालिका वडा नम्बर-७ घुम्थाङ र नाकुचेमा भीषण पहिरो गएको छ । पहिरोमा परी १८ वटा घर पुरिएको छ भने २७ जना बेपत्ता भएका छन् । जुगल गाउँपालिकको चनौटेमा पनि पहिरोले घर पुरिएको बताइएको छ । अहिलेसम्म घुम्थाङ पहिरोमा परेर बेपत्तामध्ये ६ जनाको शब फेला परेको छ ।
फोटो:
फोटोः निरोज चौलागाईं
प्रतिक्रिया