
विश्वकै चर्चित पदमार्ग एबीसी जान अब पिसिआर रिपोर्ट नचाहिने
पोखरा । विश्वकै चर्चित पदमार्ग (एबीसीि) जानपिसिआर रिपोर्ट नचाहिने भएको छ । छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले पदयात्रीको लागि अब आइन्दा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो ।
समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किदै गएकाले पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो ।
‘हामीले केही समयअघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवनपनि सामान्य अवस्थामा फर्किर्दै गएको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको हो ।’
एबीसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्णरुपमा खुलेका छन् । देउरालीबाट माछापुच्छ्रे २ घण्टामा पुग्न सकिन्छ ।
माछापुच्छ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यही हप्ताभित्रमा माछापुच्छे र अन्नपूर्ण बेस क्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबीसी पूर्ण रुपमा खुल्नेछ ।
तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेस क्याम्प पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया