
समाजिक सञ्जालमार्फत ठग्ने गिरोहका नाइके महतो समातिए
बारा । सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका वडा नम्बर-४ बंजरिया टोलका २७ वर्षीय भोला महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
महतोले महागढीमाई नगरपालिका वडा नम्बर-३ बस्ने दिपेन्द्रप्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भन्दै प्रलोभन देखाएर उक्त रकम ठगी गरी फरार भएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका महतोउपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया