
प्रतिवन्धित जडीबुटी पाँचऔंलेसहित यसरी परे दाहाल प्रहरीको फन्दामा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित जडीबुटी पाँचऔलेसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नम्बर-२ का ३१ बर्षीय सागर दाहाल रहेका छन् ।
प्रतिवन्धित वनपैदावर जडिबुटीको अवैध ओसार-पसार तथा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर-३ महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई थप कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंलाई पठाइएको ब्यूरोकी प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले जानकारी दिइन । दाहालको साथबाट प्रतिवन्धित वनपैदावर आँचऔंले ७ केजी बरामद भएको थियो ।
प्रतिक्रिया