
सरकारी गम्भीर भूलः विप्लव माओवादीको हतियार खोज्दै काँग्रेस
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द 'विप्लव समूह' बीच भएको ३ बुँदे सहमतिको सर्वत्र स्वागत गरिएता पनि हतियार ब्यवस्थापन सम्वन्धमा कुनै पनि बुँदा उल्लेख नगरेपछि सरकारको आलोचना भएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र 'विप्लव समूह' बीच भएको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएको भन्दै असन्तुष्ट ब्यक्त गरे ।
उनले भने,'प्रचण्ड आउँदा 'खोलाले बगायो' थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ? ।'
त्यसैगरी, कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादी समूहको हतियार व्यवस्थापन नभएकोमा आपत्ति प्रकट गरे ।
उनले सरकारसँग गरिएको ३ बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएकोमा सो बिषयलाई कांग्रेसले गम्भीर रुपमा लिएको बतार्ए । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हतियार व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले गम्भीर गल्ती गरेको पनि बताए ।
सरकार र विप्लव माओवादीबीचको ३ बुँदे सहमति सकारात्मक र स्वागतयोग्य भएता पनि सहमतिमा हतियार व्यवस्थापनको कुरा समावेश नभएका कुरालाई काँग्रेसले गम्भिरतापूर्वक लिएको उनले बताए । उनले अबको दुई बर्ष काँग्रेस सत्ता बाहिर नै बस्नुपर्ने धारणा ब्यक्त गरे ।
प्रतिक्रिया