
३७ वर्षीय सन्दीप कौशलले ४३ लाख रुपैयाँको स्रोत भन्न नसकेपछि..
काठमाडौं ।महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् ।
कौशललाई प्रहरीले शनिबार चन्द्रागिरि नगरपालिका वडा नम्बर-२ नागढुंगास्थित चेक पोइन्टबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बसभित्र प्यासेजमा टेपले र्याप गरेको कार्टुन चेकजाँच गर्ने क्रममा उक्त रकम र पोते फेला पारेको थियो ।
कौशललाई प्रहरीले सोधपुछ गर्नेक्रममा स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर समान जफत गरिएको थियो ।
प्रतिक्रिया