
'मन खाने माया' मा डिमोन र सिर्जनाको रोमान्स (भिडियोसहित)
काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा 'स्माइल' को संगीतमा रहेको नयाँ गीत 'मन खाने माया' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् । म्यूजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रोनीले कोरियोग्राफी गरेको उक्त भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् ।
सविता गिरी निर्मात्री रहेको सो म्यूजिक भिडियो गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । डश म्यूजिकको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोः
प्रतिक्रिया