
फेसबुक अब मेटा कम्पनीमा
फेसबुक अब मेटा (meta) भयो । विश्वभरी लोकप्रिय भएको इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक अब कम्पनीका रुपमा रहने छैन ।
फेसबुक कम्पनीले यस्तो घोषणा गर्दै अब आफ्नो स्वामित्व मेटाभर्स कम्पनीमा रुपान्तरण हुने घोषणा गर्दै अब आफ्नो स्वामित्व मेटाभर्स कम्पनीमा रुपान्तरण हुने घोषणा गरेको छ ।
फेसबुक सञ्जाल भने आफ्नै नाममा रहने छ । तर, यसको सञ्चालन मेटाले गर्नेछ । एउटा इन्टरनेट प्लेटफर्मको रुपमा मात्रै फेसबुक रहनेछ ।
मेटा कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इन्स्टाग्राम लगायतका विभिन्न सञ्जालहरुको ब्रान्ड रहने भएको छ ।
लोकप्रिय इन्टरनेट प्रडक्टहरुलाई प्याकेजिङ्ग गरेको मेटा कम्पनी संसारको सबै भन्दा धनी र शक्तिशाली कम्पनी भएको छ ।
प्रतिक्रिया