• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

वन्यजन्तु

  • कछुवाको अवैध तस्करीमा संलग्न भारतीय नागरिक आलम पक्राउ

    काठमाडौं। भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ६ वटा कछुवासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पटना घर बताउने २३ वर्षीय फैजल आलम रहेका छन् । आलमलाई आइतबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले व्ल्याक पाउण्ड प्रजाजीका ६ वटा कछुवासहित पक्राउ गरेको हो । वीरगंजबाट राजधानी आउँदै गरेको ना १ ज ७०१४ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा सुमोमा सवार आल ... read more...

  • वन्यजन्तु चितुवाको दुई वटा छालासहित ३ जना समातिए

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँके मातहतबाट खटिएको प्रहरीले चितुवाको दुई वटा छालासहित ३ जनालाई पक्राउ गरेको छ । सल्यानबाट बिक्री गर्नका लागि बाँके ल्याइएका छालासहित पक्राउ पर्नेमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नम्बर-३ का ३१ वर्षीय जितबहादुर डिसी, कुमाख गाउँपालिका वडा नम्बर-३ मर्म पोडीकाराका हेल्थ असिस्टेन्ट समेत रहेका २४ वर्षीय हिमन्द्र वली र कुमाख गाउँपालिका वडा नम्बर-७ जिमालीका २१ वर्षी ... read more...

  • भालुको दुई वटा पित्तसहित ३२ बर्षीय राई बुढानिलकण्ठबाट पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर-२ घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३२ बर्षीय बिगुन राई रहेका छन् । अपराध महाशाखाले राईको साथबाट भालुको २ थान पित्त र मोबाईल बरामद गरेको छ । भालुको पित्त अवैध रुपमा विक्री वितरण हुन लागेको बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई ब ... read more...

  • एकै आर्थिक बर्षमा २३ वटा एक सिंगे गैडाको मृत्यु, मरे कि मारियो ?

    चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु एक सिंगे गैडाहरु एकपछि अर्को गर्दै मर्ने तथा मारिनेक्रम बढेको छ । निकुञ्जका अनुसार पछिल्लो पटक पुनः एक सिंगे गैडा मृत अवस्थामा फेला परेको छ । यो आर्थिक बर्षमा मात्र २३ वटा गैडाको मृत्यु भइसकेको छ । पछिल्लो पटक मृत भेटिएको गैडा काल गतिले नै मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । निकुञ्ज प्रशासनका अनुसार उक्त गैडा निकुञ्जको कोर इलाका बगई माडी ... read more...

  • मारिएको कालिज र भरूवा बन्दुकसहित दुई जना समातिए

    बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा गाउँपालिका-३ का ४३ वर्षीय गणेश खवास र सोही ठाउँ घर भएका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथी भेराबाट खटिएक ... read more...

  • एक लाख रुपैयाँ बढीको सालको गोलिया काठ र ट्याक्टर बरामद

    पर्सा । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले एक रुपैयाँ बढीको सालको गोलिया काठ बरामद गरेको छ । तस्करी भइरहेको उक्त सालको गोलिया काठ पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर-४ स्थित पर्सागढीबाट बरामद गरेको हो । उक्त काठ एक लाख ४९ हजार रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । ना १ त २८७४ नम्बरको ट्याक्टरमा रहेको बालुवाभित्र लुकाएर लैजाँदै गर्दा उक्त गोलिया बर ... read more...

  • कोठा नम्बर ११३ मा प्रहरीको छापा, रेडपाण्डाको छालासहित ३ जना पक्राउ

    बाँके । दुर्लभ वन्यजन्तु 'रेडपाण्डा' को छाला किनबेच हुन लागिरहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायाँलय बाँकेबाट खटिएको प्रहरी टोलीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके कोहलपुर नगरपालिका वडा नम्बर-१२ चप्परगौरीस्थित रहेको दैलेखी होटलमा छापा मारेर रेडपाण्डाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर-१० का ४० वर्षीय ... read more...

  • प्रतिवन्धित जडीबुटी पाँचऔंलेसहित यसरी परे दाहाल प्रहरीको फन्दामा

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित जडीबुटी पाँचऔलेसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नम्बर-२ का ३१ बर्षीय सागर दाहाल रहेका छन् । प्रतिवन्धित वनपैदावर जडिबुटीको अवैध ओसार-पसार तथा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर-३ महाराज ... read more...

  • दुर्लभ बन्यजन्तु बाघको छालासहित बृसराज घले समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका वडा नम्बर-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बसोबास गर्ने लम्जुङ दुधपोखरी गाउँपालिका वडा नम्बर-२ घर भएका ५३ वर्षीय बृसराज घले रहेका छन् । उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच हु ... read more...

  • राति हात्ती धपाउन बिछ्याइएको करेन्टले लियो भाले हात्तीको ज्यान

    राजविराज । सप्तरीको खडक नगरपालिका-४ अमहामा आज शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लाग ... read more...

  • गैंडाको खाग तस्करीमा संलग्न फरार अभियुक्त १५ बर्षपछि समातिए

    चितवन  । गैंडा तस्करीमा संलग्न एक जना अभियुक्त १५ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर-५ का ४८ बर्षीय शनिचरा महतो रहेका छन् । चितवन राष्ट्रिष्य निकुञ्जको संक्रियतामा महतो १५ बर्षपछि पक्राउ परेका हुन् । यसअघि गत ०६२ साल असारमा गैँडा मार्ने कार्यमा उनको प्रत्यक्ष संलग्न देखिएको भन्दै उनीविरुद्ध असोज १२ गते मुद्दा दायर भएको थियो । गत ०६४ पुस २० गते फैसला भई महतोलाई ... read more...

  • बाघको छालासहित ३१ वर्षीय सुनुवार टोखाबाट समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले चरिबाघको दुई थान छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवार रहेका छन् । ब्यूरोबाट खटिएको प्रहरी टोलीले सुुनुवारलाई टोखा नगरपालिका वडा नम्बर ७ धापासीबाट आइतबार पक्राउ गरेको हो । संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित पक्राउ परेका सुनुवारलाई बाघको छ ... read more...

  • दुर्लभ वन्यजन्तु सालकको अखेटोपहारसहित ३ जनाको हातमा लाग्यो हत्कडी

    चितवन । दुर्लभ वन्यजन्तु सालकको अखेटोपहारसहित तीन जना पक्राउ परेका छन् । सालकको अखेटोपहार तस्करीमा संलग्न तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट-७’ मा खटिएको नेपाली सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले आइतबार पक्राउ गरेको हो । सालकको अखेटोपहारसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि चितवन राष्ट ... read more...

  • जिवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले ८ वटा जिवित सुनगोहोरो र संरक्षित बन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका वडा नमबर-१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका वडा नम्बर-४ का ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् । बिशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी ट ... read more...

  • संरक्षित बन्यजन्तु गैंडाको खागसहित ५ जना समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका रिकेश शाक्य, सुरेश शाक्य, अनिल श्रेष्ठ, नुवाकोटका रामसिंह तामाङ र मुना तामाङ रहेका छन् । गैंडाको खाग बेचबिखन गर्न लागिरहेको बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर-१५ स्वयम्भु नजिकबाट शुक्रबार पक्राउ गरेको हो । ... read more...

  • दुर्लभ बन्यजन्तु सालकको अखेटोपहारसहित दुई जना समातिए

    काठमाडौं । महानगरीय प्रहरी बृत्त सोह्खुट्टेबाट खटिएको प्रहरी टोलीले दुर्लभ बन्यजन्तु सालकको खपेडा अखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई सोह्खुट्टेस्थित सूर्यदेब मिठाई पसलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली जिल्ला ग्याङलेक गाउँपालिका वडा नं-४ का हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बस्ने टेकबहादुर आले मगर र रबिन तामाङ रहेका छन् । प्रहरीले ... read more...

  • सालकसहित पक्राउ परेका सशस्त्र प्रहरी उपराष्ट्रपतिका सवारी चालक

    भक्तपुर । सालक बिक्री गर्न हिडेका दुईमध्ये पक्राउ परेका एक जना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । सुराकीका आधारमा महानगरीयप्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेका दुई जनामध्ये एक जना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय श्रोतले जानकारी दिएको छ । पक्राउ परेकामध्ये शसस्त्र प्रहर ... read more...

  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

    डोल्पा । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करको निगरानी राखिने भएको हो । नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ । बैठकबाट हिँउदको सम ... read more...

  • कानुनको ‘लुप होल’ मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

    काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी छुट्ने वन्यजन्तुका तस्कर कानुनी छिद्र समातेर छुटेको पाइएको छ । ठाउँअनुसार नाम बदलेर हिंड्ने र वन्यजन्तुका तस्कर कानुनको कमजोर पक्ष समातेर छुट्ने गरेका हुन् । ८ वर्षअघि २८ पुस २०६९ मा नुवाकोट प्रहरीले ठूलो परिमाणको वन्यजन ... read more...

  • हात्तीको दाह्रासहित ३ जनालाई प्रहरीले यसरी पक्राउ गर्‍यो

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले हात्तीको दाह्रासहित ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ड नगरपालिका वडा नम्बर-७ बस्ने पाँचथर पौवासार्तापा वडा नम्बर-१ घर भएका २८ बर्षीय रुद्र लिम्बु, काठमाडौं महानगरपालिका वडा नम्बर-२६, सामाखुसी बस्ने गोरखा अजिरकोट गाउँपालिका वडा नम्बर-१ का २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपाल ... read more...