• +977 9841468702
  • info@cpostnews.com

अर्थ

  • कामना सेवा बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौंता

    काठमाडौं । ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ब्यवसायीक सम्झौंता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बैंकन्स्योरेन्स सम्बन्धी सेवा आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रम कामना सेवा बिकास ... read more...

  • विद्युत् चोरी गर्ने २६ जना समातिए

    लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए । पक्राउ गरिएका सबैमाथि विद्युत् ... read more...

  • अब नेपाल र कम्बोडियाबीच सिधा उडान हुने

    काठमाडौँ । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालले हालसम्म यो ... read more...

  • आइएसपानको अध्यक्षमा भट्ट

    काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन (आइएसपान) को अध्यक्षमा भोजराज भट्ट निर्वाचित भएका छन् । उनी आइएसपानको विभिन्न पदमा बसेर लामो समयदेििख काम गर्दै आएका थिए । भट्ट इन्टरनेट सेवा प्रदायक कम्पनी नेटम्याक्सका प्रबन्ध निर्देशक समेत हुन् । आइएसपानले नेपाल सरकारका विभिन्न निकायहरु र नेपाल दूरसंचार प्राधिकरणको नियमनमा रही आफ्ना सदस्य सेवा प्रदायकहरुको हकहितको लागि काम गर्दै आएको सं ... read more...

  • 'निगमको नयाँ वाइड बडी जहाज खरीदमा अनियमितता छ'

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरीत काम भएको जनाएको हो । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए ... read more...

  • निर्माण ब्यवासयी जोशी सम्मानित

    कैलाली । सातौं राष्ट्रिय कर दिवस-२०७५ का अवसरमा नेपाल निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष एवम् प्रशंसा कन्स्ट्रक्सनका संचालक दिर्घराज जोशी सम्मानित भएका छन् । सफल युवा ब्यवसायी जोशीलाई नेपाल सरकार आन्तरीक राजश्व कार्यालय धनगढी कैलालीबाट सुदुरपश्चिम प्रदेश अन्तर्गत उत्कृष्ट लेखा तथा कर व्यवस्थापन गर्ने व्यवसायीका रुपमा सम्मान भएको हो । सम्मानित जोशीलाई निर्माण ब्यवसाय संघ कैलालीका अध्यक्ष प्रक ... read more...

  • मोबाइल सेवा केन्द्र स्थापना, 'विक्रीपछि सेवा दिनु पहिलो उदेश्य हो'

    भक्तपुर । सामसुङको आधिकारिक विक्रेता आइएमएस केयरले आफ्नो १५ औं शाखा अर्थात सेवा केन्द्र विस्तार गरेको छ । उक्त शाखा भक्तपुर मोबाइल कम्प्लेक्सको दोस्रो तल्लामा रहेको छ । उद्घाटन कार्यक्रममा आइएमएस ग्रुपका कार्यकारी अधिकृत दिकेश मल्होत्राले ग्राहकलाई विशिष्ठ सेवा प्रदान गर्नका लागि नै सेवा केन्द्र खोलिएको बताए । उनले भने,‘प्रत्येक सेवा केन्द्रको स्थापनासँगै पहिलो उदेश्य सामसुङको स्मार्ट मोबाइल ... read more...

  • किष्ट बैंकका पूर्व बरिष्ठ दुई कर्मचारी समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरमा दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुुसार प्रहरीले किष्ट बैंक घोटला काण्डमा मुछिएका निजि बैंकमा कार्यरत दुई जना बरिष्ठ कर्मचारीलाई विहिबार साँझ नयाँ प्रकरणमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिएन भन्ने बाल नरसिंह घर्तीमगर र प्रगुन श्रेष्ठलाई रहेका छन् । घर्तीमगर यसअघि किष्ट बैंक घोटला प्रकरणमा सजाय भुक्तानी गरि ... read more...

  • सरकारको लगानी डुबाउने पाँच तारे होटललाई सरकारी सम्मान

    काठमाडौं । सरकारी लगानी डुबाउन खोज्ने पाँचतारे होटल ह्यात रिजेन्सीलाई सरकारले पुरस्कृत गरेर नमूना प्रदर्शन गरेको छ । ह्यातले बर्षेनी २५ करोडभन्दा बढी नाफा कमाइरहेको छ । तर, होटलले आफ्ना मजदुरलाई तिर्नुपर्ने पैसा, होटल संघ नेपाल (हान) लाई तिर्नुपर्ने बार्षिक शुल्क तथा सेवा शुल्क बापत संकलनबाट तोकिएको शुल्क बर्षोसम्म तिरेको छैन । बर्षेनी २५ करोड भन्दा बढी नाफा गरिरहेको भएपनि होटलमा सरकारले गरेको लगा ... read more...

  • अर्काको चेक बैंकबाट साटेर पाँच लाख निकाल्ने समातिए

    काठमाडौँ । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ गरेको हो । सोही समयमा मण्डलसँगै बसेका ... read more...

  • टाटोको नयाँ गाडी 'नेक्सन क्राज' सार्वजनिक

    काठमाडौं । टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नयाँ गाडी नेक्सन क्राज बजारमा ल्याएको छ । 'नेक्सनले आज' ले नेपाली बजारलाई राम्ररी ओगटी रहेका बेला नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई बजारमा ल्याइएको हो । 'सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न नक्सन क्राजलाई बजारमा ल्याएका हौँ ।'-टाटा मोर्टसको प्यासेन्जर भ् ... read more...

  • मेगा बैंकको खुद मुनाफा ४० करोड

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कूल निक्षेप अघि ... read more...

  • सामाजिक उत्तरदायित्व पुरा गर्दै कामना सेवा विकास बैंक

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १२ औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थालाई नगद तथा जिन्सी सहयोग गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा बैंकले जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारी तथा संचालक विश्वेश्वर सुबेदीको समेत उपस्थिति थियो । त्यस्तैगरी, बै ... read more...

  • ग्लोबल आइएमई र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ । बैंक इन्स्योरेन्स सम्झौता अनुसार ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु अब खरिद गर्न सकिने छ । मंगलबार भएको सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्त ... read more...

  • 'प्रचण्ड' को ब्यक्तिगत कामका लागि राज्यको ढुकुटी दुरुपयोग

    काठमाडौं । पारिवारिक कामका लागि नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग भएको घटना सार्वजनिक भएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गृहमन्त्रालयले खर्च ब्यहोर्ने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पारिवारिक कामका लागि नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग गरिएको हो । सेनाको एमआई-१७ हेलिकोप्टर चार्टर्ड गरी नेकपाका अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीतासहितलाई सोमबार म्याग्दीको तातोपानीमा स ... read more...

  • सरकार असफल,'कमिशनका लागि बुढीगण्डकी गेजुवालाई सुम्पियो'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् । उनले भने,‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो । तर, अहिले सरकारले काम गर्न सकेन्, यो सरकारको आयु पाँच वर्षको छ । तर, यसले स्थायी सरकारको गतिविधि देखाउन सकेको छैन्, यसको गति कछुवाकोजस्तो छ । न हाँसको चाल, न बकुल्लाको चाल नै भयो ।’ सरकार ... read more...

  • जनशक्ति विकासका लागि सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । बैैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स ईन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश ईन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेशबीच जनशक्ति विकास सम्वन्धमा नयाँ सहमति भएको छ । बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दीर्घकालीन रुपमा सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । उक्त सहमति ढाकास्थित बंगलादेश ईन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा कार्तिक २१ गते भए ... read more...

  • 'च्याउ खेतीले बिर्सायो पीडा, उनले भने, 'अझै धेरै गर्न बाँकी छ'

    बाँके । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागेका थिए । ६ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उहाँसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका-३ गाउँका सुनारले ६ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत  ... read more...

  • ‘भारतमाझैं नेपालमा पनि किसानलाई आत्महत्या गर्न बाध्य पारिँदै’

    काठमाडौँ । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ । पीडित किसानहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा संघले सरकारको ध्यानाकार्षण गराएको हो । विदेश नगई स्वदेशमै केही गरौं भन्नेहरुलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाए । कुखुरा व्यवसायी स ... read more...

  • कालिञ्चोक केवुलकार अनाधिधकृत रुपमा निर्माण, खारेजीको माग

    काठमाडौं । कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनाधिकृत रुपमा निर्माण गरेको दावी गरेको छ । समितिले पत्रकार सम्मेलन गर्दै अनाधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा बिरोध जनाएको हो । संघर्ष समितिका अध्यक्ष पासाङ तामाङको ... read more...