• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • महासंघको अध्यक्षमा ४ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । ‘जसको नेतृत्व, उसैको नीति’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीकोबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्व ... read more...

  • 'पोओएस' मेसिनबाट सनराइज बैंकको पैसा चोर्ने न्यौपाने समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रविधिको प्रयोग गरी रकम अनाधिकृत रुपमा चोरी गर्ने प्रदीप न्यौपानेलाई पक्राउ गरेको छ । नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर-२ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर-८ गैरीगाउँ बस्ने न्यौपानेले डीएमके एक्पोर्ट एण्ड इम्पोर्ट प्रालिको नामबाट सनराइज बैंक लिमिटेडबाट प्राप्त पोओएस मेसिनबाट नक्कली कार्डको माध्यामले अनाधिकृत रु ... read more...

  • 'नाडा अटो सो-२०१८' मा स्याङयोङ असिमित अफर

    काठमाडौं । भाद्र २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुन लागिरहेको नाडा अटो प्रदर्शनीमा स्याङयोङ गाडीले ब्यापक छुट दिने भएको छ । 'नाडा अटो सो-२०१८' मा भारी छुटका साथ स्याङयोङ असिमित अफरसहित स्याङयोङका गाडीहरु स्टल नम्बर-६ मा उपलब्ध हुने छ ।  स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक आइएमएस मोटर्सले रेक्सटन, कोराण्डो, टिभोली, एक्सएलभी र एकट्योन स्पोर्टगरी जम्मा पाँच प्रकारका कोरियन ... read more...

  • ‘नाडा मेलाका तयारी पूरा, ५ अर्बको कारोबार हुने विश्वास’

    काठमाडौं । भदौ २६ गतेदेखि सूरु हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने,‘४ महिनामा हुने कारोबार ६ दिनभित्र हुने ५ सय करोडको कारोबार हुने हामील ... read more...

  • नेपाली बजारमा पोलो १.० नयाँ मोडलको गाडी

    काठमाडौँ । पूजा इन्टरनेशनल नेपाल प्रालिले फाँंक्सवैगनको नयाँ मोडलको गाडी पोलो १.० लाई नेपाली बजार ल्याएको छ । पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीले नयाँ मोडलको गाडी पोलो १.० बजारमा आएको जानकारी दिएको हो । ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता भएको सो गाडी इन्धन बचतमा कोशेढुंगा सावित हुने कम्पनीको दावी छ । यसअघि सोहि ब्राण्डको पोलो गाडी १६०० र १२०० सीसीको बजाएमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा ... read more...

  • 'एक अर्ब ५१ करोडको बैकिङ कसुर काण्डमा मलाई यसरी फसाइयो'

    काठमाडौं । एनसिसि बैंक लिमिटेडका सञ्चालक विष्णुप्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको जिकिर गरेका छन् । धितालले एनसिसि बैंकका संस्थापकद्धय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफुलाई फसाएको स्पष्ट पारेका हुन् । उनले भने,‘मलाई एनसिसि बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाईयो ... read more...

  • गुणस्तरहिन भन्दै 'ओपिसी सिमेन्ट' को इजाजतपत्र रद्द

    काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले र्इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी सिमेन्ट गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिए । विभागले यसअघि पनि गुणस् ... read more...

  • यसरी दोहन गरियो सवारी साधनमा राज्यको ढुकुटी ६ अर्ब ७१ करोड

    काठमाडौँ । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको ... read more...

  • मन्त्री पुनलाई प्रश्नः बूढीगण्डकीको मुआब्जा कहिले पाइन्छ ?

    काठमाडौँ । 'सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?' यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म पैसा ... read more...

  • ‘फेक कि रियल आगलागी ?’, प्रधानको करोडौं ईन्स्योरेन्स दावी

    हेटौंडा । ब्यापारी तिर्थ प्रधानले आफ्नै चलचित्र हल ‘ओम्याक्स’ मा पूर्वयोजना अनुसार आगो लगाएर प्रभु ईन्स्योरेन्समा करोडौं रुपैयाँ क्षतिपूर्ति माग दावी गरेको आरोप लागेको छ । हेटौडास्थित रहेको ओम्याक्स हलमा भएको ‘आगलागी काण्ड’ झुटा भएकाले छानबिन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय हेटौडा, विमा समितिलगायतका निकायमा उजुरी परेपछि सो आगलागी ‘फेक कि रियल’ थियो भन्दै ... read more...

  • तलब-भत्ता बुझेर बैंकलाई नै करोडौं डुबाउने ६ जना समातिए

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरका फरार ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा पक्राउ पर्ने अभियुक्तहरुमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् । पक्राउ ... read more...

  • मध्यपुरथिमिमा प्राइम बैंकको ६३ औं शाखा

    भक्तपुर । प्राइम कमर्सियल बैंक लिमिटेडको ६३ औं शाखा मध्यपुरथिमि नगरपालिकाको गठ्ठाटारमा सञ्चालनमा आएको छ । बैंकले आफ्ना शाखा सञ्जाल बिस्तार गर्ने क्रममा मंगलबार मध्यपुरथिमि नगरपालिकामा गठ्ठाघरमा नयाँ शाखाको सुरुवात गरेको हो । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका सञ्चालक समितिका सदस्य उत्तमनारायण श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा ... read more...

  • 'नहर' नै बगाएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य, ६ आयोजना बन्द

    जाजरकोट । बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्  । बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलो ... read more...

  • अर्बपति क्लबमा प्रचण्डभक्त सुमार्गी, दशौं स्थानमा पूर्वराजा

    काठमाडौं । मिडिया टाइकन कैलाश सिरोहियासँग केही समयअघि शितयुद्ध गरेका मकवानपुरका विवादीत व्यवसायी अजेयराज पराजुली उर्फ ‘सुमार्गी’ नेपालका नयाँ अर्बपतिमा दरिएका छन् । १५ बर्ष अघिसम्म सामान्य कम्पनीको नाम निसानामा समेत नपरेका सुमार्गी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएपछि करोड हुँदै अर्बको कारोबारी ब्लबमा छिरे । केही समयअघिमात्र उनले विदेशबाट राष्ट्र बैंकमार्फत १० अर्ब नेपाली र ... read more...

  • २ अर्वको लगानीमा नेपालमै ‘स्काईवाक’ बनाउने घोषणा

    काठमाडौं । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ । वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् । उनले भने,‘हाम्रो समूहले ल ... read more...

  • यसरी हत्यायो अग्रवालको करोडौंको शेयर संघाई समूहले, उल्टै धम्की

    काठमाडौं । सिद्धार्थ ग्यास उद्योग प्रालिका शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको खुुलसा गरेका छन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उनले जनाए । आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममा भएको उद्योग अहिले पनि ... read more...

  • अर्बौका सामान रोकियो, राजमार्ग बन्द हुँदा राजश्व सङ्कलनमा असर

    रसुवा । अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ । अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया ... read more...

  • माथिल्लो त्रिशूली थ्री ‘बी’ को वित्तीय व्यवस्थापन, तीन वर्षभित्र बन्ने

    काठमाडौँ । नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी ... read more...

  • बालाजुको बिजी मलमा सामसुङको १५ औं सेवा केन्द्र

    काठमाडौं । आईएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बिजी मल बालाजुमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङका कार्यकारी निर्देशक युबियम वोन र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका अध्यक्ष मल्होत्राले 'हाम्रा अमुल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै ह ... read more...

  • पटके कर फिर्ता नगरे आन्दोलनमा उत्रिने खानेपानी ब्यवसायीको चेतावनी

    काठामाडौं । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार राजधानीमा संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शा ... read more...