• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • एनसेललाई भन्सारको उर्दीः ‘बेरुजु फछ्र्यौट नगरे आयात–निर्यात ठप्प’

    काठमाडौं । राज्यलाई ६५ अर्व लाभकर तिर्न अटेर गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलाई भन्सार विभागले बेरुजु फछ्र्योटका लागि पत्र काटेको छ । बेरुजु पाँच करोडभन्दा बढि पुग्दा समेत भुक्तानी नगरेपछि भन्सार विभागले सात दिने अल्टिमेटम दिएर एक महिनाअघि एनसेललाई पत्र काटेको थियो । तर, एनसेलले अझै पनि बेरुजु फछ्र्यौट गरेको छैन् । भन्सार विभागले तत्काल बेरुजु फछ्र्यौट नगरे एनसेललाई सामान आयात–निर ... read more...

  • ऐनसेल एण्ड अपराधः भिओआईपी धन्दामा ६६ प्रतिशत 'ऐनसेल सिम'

    काठमाडौं । भिओआईपी अर्थात अवैध कल बाइपासको धन्दामा मोबाइल सेवा प्रदायक कम्पनी ऐनसेलको सिम सवैभन्दा बढि प्रयोग हुने गरेको एक प्रतिवेदनले देखाएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले मात्र दर्जनौं अवैध भिओआईपी अखडामा छापा मार्ने क्रममा ऐनसेलको सिम सवैभन्दा बढि बरामद गरेको हो । ब्यूरोले सो क्रममा सयौं नेपाली तथा विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ । यद्यपि छापा मार ... read more...

  • सुन तस्करी काण्डमा कसरी जोगिए भण्डारीका साझेदार श्रेष्ठ ?

    काठमाडौं । ३३ किलो सुनकाण्डमा चर्चित बाजेका सेकुवाका सञ्चालक चेतन भण्डारी अहिले फरार छन् । अमेरिकाबाट नेपाल आउँने दिन नै उनको नाम सार्बजनिक भएपछि उनी अमेरिकामै लुकेर बसेको अनुमान छानबिन समितिको छ । तर यहि चर्चित ३३ किलो काण्डमा युवा व्यापारी तथा भण्डारीका बिजनेश पार्टनर अमित श्रेष्ठ भने जोगिएका छन् । ‘बिशाल सिमेन्टका मालिक समेत रहेका श्रेष्ठ भण्डारीका खास बिजेनस पार्टनर हुन् । कानुनीरुपमा सु ... read more...

  • कृषि स्थानीयको पहिलो रोजाई: कृषिमा आत्मनिर्भर हुँदै भिमटारबासी

    सिन्धुपाल्चोक । शैक्षिक तथा रोजगारीका हिसावले निकैपछि परेको ईन्द्रावती गाउँपालिका वडा नम्बर–१२ भिमटार कृषि क्षेत्रमा भने आत्मनिर्भर बन्दै गएको छ । दनुवार र माझी समुदायको बाहुल्यता रहेको साविक भिमटार हाल ईन्द्रावती गाउँपालिका जिल्लाकै समथर तर गर्मी हुने ठाउँ हो । पछिल्लो समय ईन्द्रावती नदी किनारामा दर्जनौँ क्रसर उद्योग सञ्चालन भएता पनि यहाँका स्थानीयको पहिलो रोजाई भने कृषि भएको स्था ... read more...

  • तल्लो मोदीको साउनदेखि विद्युत उत्पादन: 'दुई प्रतिशत काम बाँकी'

    पर्वत । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजना पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित रहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको तत्लो मोदीखोलाको क्षमता २० मेगावाट रहेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै विद्युत उत्पादन दिने तयारीका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ ।  यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन स ... read more...

  • खुद्रा सुन बरामद गर्दै प्रहरीः ६ केजी सुनसहित एक समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा बेलुकी ७ बजे एक जनालाई पक्राउ गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ ... read more...

  • गाउँगाउँमा यान्त्रिक हलो भित्रिएपछि खेत जोत्न थाले महिला

    म्याग्दी । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् । बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताइ ... read more...

  • राज्यलाई डेढ अर्व घाटा, अन्तरिम आदेशमा चल्दै क्यासिनो

    काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा क्यासिनोहरु सञ्चालन हुँदा राज्यलाई डेढ अर्व भन्दा बढि घाटा लागेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशले चलेका क्यासिनो र मिनी क्यासिनोहरूले करिब डेढ अर्व रुपैयाँ रोयल्टी तिरेका छैनन् । क्यासिनोमा नयाँ नियमावली लागू हुँदा समेत उनीहरुले राज्यलाई रोयल्टी नतिरी अटेर गरी बसेका छन् । क्यासिनोहरुले यतिसम्म सेटिङ मिलाएर बसेका छन् कि विगत चार वर्षदेखि उनीहरुले ... read more...

  • ‘अनुदानमै रेल ल्याए पनि ब्यवस्थापन गर्न नसके ट्रली बसको हालत हुने’

    काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होईन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ ।’ रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भा ... read more...

  • शिवमको 'झुटको खेती' बाहिरिएपछि पोखरामा यसरी भयो बबाल

    हेटौंडा । आफ्नै ढुङ्गा खानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु बाहिर आउन थालेका छन् । कहिले ५० किलो बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको त कहिले नजम्ने सिमेन्ट उत्पादन गरेको विषयमा विवादमा आइरहने शिवम् सिमन्टले सिमेन्ट बनाउने किल्ङकर भारतबाट ल्याउने गरिएको छ । भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवम्क ... read more...

  • नौ सय मेगावाट क्षमताका आयोजनामा भित्रियो चिनियाँ लगानी

    काठमाडौँ । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासम आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो । एकैपटक यति ठूलो क्षमताको आयोजना ... read more...

  • प्रभु समूहको 'प्रभु टिभीे'को सुभारम्भ

    काठमाडौं । प्रभु समुहले नेपालमा पहिलोपटक डिजिटल भिडियो प्रशारण (डिभिबि टिटु) मा आधारित भएर प्रभु टिभीको सुरुवात गरेको छ । अब यस सुचना प्रविधिको विकासको क्रमसंगै ओटिटि प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिनेछ । प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु टिभीको प्रर्दशन गरी सेवा सुभारम्भ गरेका हुन् । सरकारबाट लाईसेन्स प्राप्त प्रभु टिभीले कल स ... read more...

  • यसरी लुम्बिनीलाई कूरुप बनाउँदै छ अर्घाखाँची सिमेन्ट उद्योगले

    रुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टले सरकारी मापदण्ड विपरित काम गरेपछि स्थानीयबासीले उद्योगविरुद्ध कारबाहीको माग गरेका छन् । विशेषगरी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका क्षेत्रमा वातावरण बिगारेको भन्दै स्थानीयले सिमेन्ट उद्योगमाथि कारबाहीको माग गरेका हुन् ।  सिमेन्ट उद्योगको धुलोको कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको, सागपात समेत खान नहु ... read more...

  • ‘समर डोको डिल्स अभियान ’ मा ८२ प्रतिशतसम्म छुट

    काठमाडौं । अनलाइन सपिङ स्मार्ट डोकोले गर्मी मौसमको अवसर पारेर ‘समर डोको डिल्स’ अभियान सुरु गरेको छ । सो अवसरमा डोकोले इलेक्ट्रोनिकल, वल्र्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अन्य थुप्रै सामानहरु विशेष छुटमा विक्री गरिरहेको छ । स्मार्ट डोकोले उत्पादन उत्पादनहरुमा ८२  प्रतिशतसम्म छुट दिएको छ । सो अभियान १२ जुनदेखि सुरु भई जुलाई २०१८ सम्म ... read more...

  • लिखुखोला जलविद्युत परियोजना ठप्प पार्ने स्थानीयको चेतावनी

    काठमाडौं । लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले १५ दिनभित्र स्थानीय बासिन्दाका मागहरु सम्बोधन नगरे आयोजनाको सम्पूर्ण काम नै ठप्न पार्ने चेतावनी दिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन् ।  सडक निर्माण गर्दा डिपिआर अनुसार गरिनुपर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई आवश् ... read more...

  • आइएमएस मोटर्सको साङयोङ गाडी खरिदमा ५ लाखसम्म छुट

    काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले जेष्ठ २८ गतेदेखि भारी छुट अभियान सुरु गरेको छ । उक्त अभियान अवधिभर आईएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । त्यति मात्र नभई कोरियन लक्जरी सुभ ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज, सरल फाइनान्सीङ,३ वर्ष निशुल्क सर्भिस ... read more...

  • पसल हस्तान्तरण नगरे आन्दोलनमा उत्रिने ब्यापारीहरुको चेतावनी

    काठमाडौं । काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफुहरुले एक महिनादेखि नपाएको उनीहरुको गुनासो छ । संस्थाका संरक्षक राजेश मानन्धरले पसलको ६ महिनाको अग्रिम भाडासमेत तिरेको स्थितिमा झुलाएर राखेको खेद ... read more...

  • सवैभन्दा ठूला अबैध हुण्डीका कारोबारी यसरी छुटे धरौटीमा

    काठमाडौं । गत जेठ २१ गते दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीका अवैध हुण्डीका कारोबारी अखडाहरुमा छापा मार्यो । न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुण्डीको कारोबार गर्ने नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाईट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङतानी, पूर्णलक्ष्मी ईन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइ ... read more...

  • ‘एकोहोरो धरपकड भए निर्माण कार्य बन्द गरी आन्दोलनमा होमिन्छौं’

    काठमाडौं । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायीहरुलाई त्रसित बनाएर विकासका कामहरु समयमा सम्पन्न नहुने बताएका छन् । उनले विकास निर्माणका योजनाहरुको लागि एक वर्ष समय थप गर्न पनि सरकारसमक्ष माग गरेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेकेदारको भाषा दिएर निर्माण व्यवसायीलाई थर्काउने काम गरेको भन्दै अध्यक्ष कोइरालाले सरकारले नै समयमा भुक ... read more...

  • एनबी बैंक भित्रको विवाद छताछुल्लः विवाद मुद्दामा परिणत

    काठमाडौं । बंगलादेशको ५१ प्रतिशत शेयर रहेको नेपाल बंगलादेश (एनबी) बैंकमा सञ्चालकहरुबीच विवाद बढ्दै गएपछि मुद्दा अदालतसम्म पुगेको छ । गैरकानुनी रुपमा बैंकको व्यवसायिक सञ्चालकमा माधव न्यौपानेलाई नियुक्ति गरिएको भन्दै सञ्चालक प्रकाश ज्ञवालीले राष्ट्र बैंकलाई समेत विपक्षी बनाई एनबी बैंक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । पुनः नियुक्ति नै सदर नभई न्यौपानेलाई सिइओ ज्ञानेन्द्र ढुंगानाले व् ... read more...