• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • सुन तस्करीका नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ युएईमा समातिए

    काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ । दुई स ... read more...

  • प्रहरीले बेवारिसे सामान बरामद गरी भन्सारलाई बुझायो

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १ लाख १५ हजार भन्दा बढिको भन्सार छली गरेको ल्याएको सामान बरामद गरेको छ । मोरङ विराटनगर महानगरपालिका-१३ स्थित भारतबाट भन्सार छली ल्याएको उक्त परिमाण बराबरको खाद्यान्न सामाग्री फेला पारी भन्सार कार्यालय बुझाईएको हो । बरामद भएका सामाग्रीहरुमा नरिवल, पापड, सुजी, मिश्री, खोर्सानीको धुलो, पानीपुरीलगायत रहेको प्रहरीले जनाएको छ । बरामद सामान बेबार ... read more...

  • 'लगानी स्वागत छ, चिनियाँ रेल ऋणमा होइन, अनुदानमा बन्नुपर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणलाई स्वागत गर्ने भएको छ । काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले उक्त खुलासा गरेका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रम ... read more...

  • १२ लाख बराबरको अवैध सुनसहित दुई जना समातिए

    काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 'त्रि ... read more...

  • घाटाको ब्यापारः कुल आम्दानी ५ करोड, इन्धन खर्च मात्र ७ करोड

    काठमाडौं । नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडौं-ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ । निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भ ... read more...

  • कृषि विकास बैंक ह्याक प्रकरणः बैंककै कर्मचारी समातिए, योजनाकार अझै फरार

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले कृषि विकास बैंक ह्याक प्रकरणमा बैंकमै कार्यरत कए कर्मचारीको संलग्नता भेटिएपछि उनलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान शाखाका अधिकृत सुनिलकुमार झा रहेका छन् । अनुसन्धानबाट ह्याकरले उनकै कम्प्युटर प्रयोग गरेर बैंकको गोप्य सूचना चुहाएको खुलेपछि झालाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । करिब ५ अर्ब नेपाली रु ... read more...

  • ह्याकिङ प्रकरण: ठेकेदार भुसालले बस्याललाई पोलेपछि उनी पनि समातिए

    काठमाडौं । प्रहरीले कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बिहिबार दिउँसो स्याङ्जाका स्थानिय ठेकेदार रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भुसालमाथि थप सोधपुछ गर्नेक्रममा थप नयाँ सूचना पाएसँगै आज अर्को एक जना ठेकेदार पनि पक्राउ परेका छन् । अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका भुसालले दिएको बयानका आधारमा ठेकेदार गणेशप्रसाद बस्यालाई पक्राउ ग ... read more...

  • एक दर्जन समातिए, प्रहरीको सक्रियताले करोडौं चोरी हुनबाट जोगियो

    काठमाडौं । भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकको संवेदनशिल सूचना लिक गराई बैंकको प्रणालीमा छिरेर रकम चोरी गर्ने गिरोहका एक दर्जन सदस्यहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनीत ... read more...

  • एससीडब्लुईसी नेपालमा नयाँ नेतृत्व

    काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद् (एससीडब्लुईसी) नेपालले नयाँ नेतृत्व पाएको छ । मंगलबार आयोजित एक कार्यक्रममार्फत सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैध श्रेष्ठ रहेका छन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष श ... read more...

  • बंगलादेशमा नेपाली गिरोहको अवैध मिनि क्यासिनोमा प्रहरीको छापा

    काठमाडौं । नेपाली गिरोहले बंगलादेशका राजधानी ढाकामा सञ्चालन गर्दै आएका अवैध आधा दर्जन क्यासिनालाई त्यहाँको सरकारले बन्द गरेको छ । विगत ५ बर्षदेखि गेमिङ जोनको नाममा सञ्चालित ति क्यासिनोलाई बंलादेशी सरकारले गत साताबाट बन्द गरिदिएको हो । नेपाली जुवाडे र स्थानिय नेताका रुपमा चिनिएका स्माइल चौधरीको संरक्षणमा मिनि क्यासिनो सञ्चालन गर्दै आएका थिए । जुन खबर यसैसञ्चार माध्याममार्फत दुई महिनाअघि खुलासा गरिए ... read more...

  • सिसी क्यामराले भेट्टायो हराएको एक हजार पाउण्ड

    काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लण्डन जान लागेका यात्रु श्रीबाबु भट्टराईको हराएको १ हजार पाउण्ट भेट्टाएर टर्मिनल ड्युटी अधिकृत कक्ष नागरिक उड्ययन कार्यालयलाई बुझाएको छ । यात्रु भट्टराई विदेश प्रस्थान गरिसकेका कारण उक्त ब्याग नागरिक उड्ययन कार्यालयलाई बुझाएको त्रिअवि सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले विमानस्थलमा जडित क्यामराको माध्याममार्फत उक्त हराएको कालो रंगको ब्याग फेला पा ... read more...

  • बिओकेका पूर्वसीईओ श्रेष्ठसहित ७ जना समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य कर्मचारीहरुमा किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ रेहका छन् । उनीहरुलाई बैंकिङ ठगी अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बैंकका पूर्वसीईओ श्रेष्ठसहितको सम ... read more...

  • पीडितको आवाज: 'तत्काल मुआब्जा देउ नसके जग्गा फुकुवा गर'

    गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्का ... read more...

  • कालो सूचीमा परेका महासंघका पूर्वअध्यक्ष ढकालको 'ढकाल' ल्याउने खेल

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) मा आफ्नो स्वार्थ लाद्नका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालले नयाँ रणनीति अपनाएका छन् । राष्ट्रिय बाणिज्य बैंकको १० वर्ष अगाडिको ३० करोड (हाल २ अर्ब बढि) ऋण तिर्न नसकेर कालो सूचीमा परेका ढकाल अहिले एफएनसीसीआईमा विशिष्ट सदस्य पदमा छन् । ढकालकै दबाबमा विधान परिवर्तन गराई भवानी राणालाई वरिष्ठ उपाध्यक्षबाट सिधै अध्यक्ष बनाइएको थियो । त्यसपछि ढकाल महासंघ ... read more...

  • जेष्ट नागरिकलाई अब ५० प्रतिशत छुट

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहलाई सम्मान गर्दै नेपाल वायुसेवा निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । आगमाी दिनमा निगमले ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको हो । निगमको गत ३० गते बसेको उच्चस्तरीय समिति (मार्केटिङ कमिटी) ले राज्यद्वारा घोषित कार्यक्रम कार्यान्वयन गर्ने निर्णयानुसार असोज १ गते अर्थात आजदेखि ज् ... read more...

  • स्रोत नखुलेको १३ लाख ९ हजार रुपैंयासहित मगर समातिए

    काठमाडौं । महानगरी प्रहरी बृत्त कालिमाटीले स्रोत नखुलेको लाखौं रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेशकुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसमेत बर ... read more...

  • प्राइम बैंकको एकीकृत कारोबार शुभारम्भ

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ती गरेको छ । प्राप्तीपश्यात आइतबारदेखि एकीकृत कारोबारको शुभारम्भ भएको छ । बैंकमा आयोजित एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्रदाश श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ती गरी एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास ... read more...

  • करोडौं अवैध रुपैयाँ टिटीमार्फत भारत पुर्याइयो, छानविनको घेरामा दुई बैंक

    काठमाडौं। अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष ... read more...

  • १२ बर्षसम्म जीएमआरको कब्जामा माथिल्लो कर्णाली, खारेजीको माग

    काठमाडौं । नेपाल सरकारले तत्काल माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने विभिन्न पार्टी तथा अभियानहरुले माग गरेका छन् । त्यसरी माग गर्नेहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पूनःजागरण अभियान, ... read more...

  • एनसेल लाभकर काण्ड: सडक-संसद हुँदै महाअभियोगसम्म

    काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर प्रकरणका कारण सरकार मात्र नभई न्यायालय समेत बिबादमा तानिएको छ । एनसेलको २० प्रतिशत सेयरहोल्डर भावनासिंह श्रेष्ठका श्रीमान् सतिशलाल आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचार खर्च ब्यहोरेकाले पनि २०७५ माघ २३ मा लाभकर तिनुपर्ने आदेशका बिरुद्ध रिट दर्ता गरिएको समाचार बाहिर आउँदा समेत प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छैन । जसका ... read more...