• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • पाकिस्तानी नागरिक हैदरले किन ल्याएका थिए हजारौं अमेरिकन डलर ?

    काठमाडौं । हजारौं अवैध अमेरिकन डलरसहित एक जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । अवैध डलरसहित आइतबार बेलुका पक्राउ परेका पाकिस्तानी नागरिक अघा जिसन हैदरको साथबाट ११ हजार ९ सय ९४ डलर बरामद भएको छ । मालिन्डो एयरको उडानबाट मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं आएका हैदरलाई एयरपोर्ट उडानतर्फको आगमन भन्सारमा चेकजाँच गर्नेक्रममा उक्त डलर लुकाएर ल्याएको अवस्थामा फे ... read more...

  • काम नगर्ने ठेकेदार कम्पनीमाथि स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई धमाधम स्पष्टीकरण सोध्ने तथा कारबाही प्रक्रिाय अगाडि बढाएपछि काम चोर कम्पनीहरुको रुवाबासी सुरु भएको छ । केही दिन पहिले मात्र प्रधानमन्त्री कार्यालयको सक्रियतामा ९ वटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरण कालोसूचीमा राख्ने कि नराख्ने निर्णय लिनका लागि सार्वजनिक खरिद अनुगमन कार्याल ... read more...

  • कालिकालाई 'ए क्लास बेष्ट कन्सट्रक्सन कम्पनी गोल्ड अवार्ड'

    काठमाडौं । राजधानीस्थित होटल अन्नपूर्णमा शुक्रवार साँझ आयोजित १० औँ एफक्यान अवार्ड समारोहमा कालिका कन्सट्रकसनले 'ए क्लास बेष्ट कन्सट्रक्सन कम्पनी गोल्ड अवार्ड' प्राप्त गरेको छ । उक्त अवार्ड भौतिक योजना तथा निर्माण मन्त्री बसन्तकुमार नेम्वाङले कालिका कन्सट्रक्सनका निर्देशक पदम गुरुङलाई हस्तान्तरण गरेपछि अवार्ड कालिका ग्रुपका प्रवन्ध निर्देशक विक्रम पाण्डेलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमम ... read more...

  • काम नगर्ने पप्पु र नेपाल प्रगतिलाई कालोसूचीमा राख्ने तयारी, ठेक्का तोडिँदै

    काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाको खुर्कोट(घुर्मी सडकखण्ड अन्तर्गत खाङसाङ र सोखु खोला पुल समयमै निर्माण नगर्ने पप्पु कन्स्ट्रक्स र नेपाल प्रगतिलाई कालो सूचीमा राख्ने तयारी गरिएको छ। सरकारले यी ठेकदार कम्पनीसँगको ठेक्का तोडेर कोलो सूचीमा राख्ने तयारी गरेको हो । पुप्पु र प्रगतिले २०६८ असार २९ मा २०६९ पुस २८ सम्म निर्माण सम्पन्न गर्ने गरी १० करोड ४४ लाख रुपैयाँमा पुलको ठेक्का प्राप्त गरेको थ ... read more...

  • बज्र ग्रुपको ब्राण्ड दूतमा मिस नेपाल श्रृङ्खला खतिवडा

    काठमाडौं । बज्र ग्रुपले मिस नेपाल श्रृङ्खला खतिवडालाई एक बर्षको लागि आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । उक्त कम्पनीले श्रृङ्खलालाई आफ्नो ब्राण्ड दूत बनाउनुको मुख्य दुई उदेश्य रहेको बताएको छ । प्रथम त, २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागि संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बन्यो । दोश्र्रो, पेसाले उनी आर्किटेक्ट भएकोले बज्र ग्रुपको ब्यवसायलाई कुन ... read more...

  • यि चिनियाँ नागरिकको मलद्धारबाट बरामद भयो १ केजी सुन

    काठमाडौं । तिब्बतबाट चाइना साउर्थन विमानबाट शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका एक चिनियाँ नागरिकले मलद्धारमा लुकाएर ल्याएको १ केसी सुन बरामद भएको छ । उनले चार टुक्रा पारेर उक्त सुन कण्डमले बेरी मलद्धारमा राखेर ल्याएका थिए । भन्सार कार्यालय एयरपोर्ट र त्रिअवि सुुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले ति चिनियाँ नागरिकको हाउभाउ अस्वभाविक देखेपछि चेकजाँच गरेका थिए । चेकजाँच गर् ... read more...

  • माछापुच्छ्रे बैंकका दुई कर्मचारीमाथि साङ्घातिक आक्रमण

    कञ्चनपुर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहीबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक आच ... read more...

  • ८ केजी अवैध सुनसहित मध्यराति समातिए दुई चिनियाँ नागरिक

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाट ८ केजी अवैध सुनसहित दुई जना चिनियाँ नागरिक गएराति पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र भन्सारले बिहिबार राति हङकङबाट नेपाल आएका दुई चिनियाँ नागरिकबाट ८ केजी अवैध सुन बरामद गरेको हो । ११ः१५ बजे अवतरण गरेको नेपाल एयरलाइन्सको विमानमार्फत त्रिअवि उत्रिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखेर थप अनुसन ... read more...

  • हुण्डीको अवैध ३८ लाख रुपैयाँसहित भट्टराई र सरावगी समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले दुई जना हुण्डी कारोबारीलाई ठूलो रकमसहित पक्राउ गरेको छ । हुण्डीका कारोबार गरी राजश्व छली गरिरहेको विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले न्यूरोडबाट कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका सञ्चालक गोवर्धनप्रसाद सरावगीलाई पक्राउ गरेको हो । सरावगीले हुण्डी गर्न दिएको ३० लाख रुपैयाँ र काठमाडौं मुक्तेश्वरस्थित अन्जनी ओभरसिजका सञ्चालक सरावगीबा ... read more...

  • प्रभुमा कर्मचारीमाथि ज्यादती: यूनियनकै अध्यक्ष र कोषाध्यक्ष निलम्वित

    काठमाडौं । एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत हत्याइएको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा राष्ट्र बैंकले छानविन गरिरहेको प्रभु बैंक अर्को लफडामा फसेको छ । पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद वास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धानन गरिरहेको छ । खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक ... read more...

  • शून्य प्रतिशत डाउन पेमेन्ट र कर्जा सुविधासहित ‘अब बन्छ हजुरको घर’

    काठमाडौं । मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । योजना अन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्ने बताइएको छ । मेरो घरले ग्राहकको इच्छाअनुसार घरको डिजाइनदेखि पूर्णनिर्माणसम्म ... read more...

  • ‘जिडिपीमा उद्योगबाट अहिलेकोभन्दा दोब्बर योगदान पुर्याउँछौं’

    काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउनेपनि उनको दाबी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली ... read more...

  • विभिन्न पाँच वटा मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गर्दै प्रभु बैंक

    काठमाडौं । बैंकिङ क्षेत्रमा छलाङ हानिरहेको प्रभु बैंक लिमिटेडले हालै आफ्नो १८ औं साधारण सभा गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आर्थिक बर्ष ०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । यस्तै, सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको २०७५ ... read more...

  • १ लाख ५५ हजार रियालसहित समातिए भारतीय नागरिक मिर्जा

    काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले १ लाख ५५ हजार साउदी अरबी रियालसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ बर्षीय भारतीय नागरिक आसफाक मिर्जा रहेका छन् । काठमाडौंबाट फ्याई दुवईको एफजेड ५७६ उडानबाट दुवई लागि प्रस्थान गर्न लाग्दा त्रिअविको अन्तर्राष्ट्रिय उडानको प्रस्थानतर्फ ह्याण्ड व्यागेज चेकजाँच गर्ने क्रममा अवैध रियालसहित मिर्जा पक्राउ परेका थिए ... read more...

  • व्यवसायी पुनः आन्दोलित: 'म्याद थप नहुँदा हजारौं आयोजना अलपत्र'

    काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन् । आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको उनको गुनासो छ । अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले गरेका काम समयमै सम्पन्न नहुनु र गुणस्तर नहुनुमा आफूहरुको मात्रै दोष नभएको स्पष्ट पारे । उनले भने,‘निर्माण कार्य टेण्डर गर्नुभन्दा अगाडि गर्नुपर्ने कार्यमा त्रुटि भएको हुँ ... read more...

  • विज्ञापनमा छिटो भनेकै वल्डलिंक, ग्राहकलाई सेवा सवैभन्दा सुस्त

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अधिकांश ग्राहकहरुलाई झुक्याएर ठगी गरेको उजुरी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा परेपछि अनुसन्धान हुने भएको छ । ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै मासिक एक हजार पाँचसय भन्दा बढि असुल्दै आएका इन्टरेन सेवा प्रदायक कम्पनीहरुले एक तिहाई एमबीपीएस मात्र उपलब्ध गराएर दुई तिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको अनुसन्धानबाट खुल ... read more...

  • नेपालीलाई निषेध गरेपछि नेपालमा फस्टाउँदै 'अनलाइन क्यासिनो'

    काठमाडौं । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सञ्चालित क्यासिनो र्‍याड र सोल्टी मोडको सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङले अवैध अनलाइन क्यासिनोको धन्दा चलाइरहेको रहस्य खुलेको छ । दुबै क्यासिनोले अनलाईनमार्फत नेपालीलाई नै जुवा खेलाएर हुण्डीको कारोबारसमेत गर्दै आएको स्रोतले बतायो । नेपाली जुवाडेलाई क्यासिनो प्रवेशमा कडाई गरिएपछि क्यासिनो र्‍याडले अनलाइनमार्फत जुवा खेलाउन सुरु गरेको हो । ... read more...

  • पीडित मल्लले जाहेरी फिर्ता लिएपछि रुप ज्योति छुटे

    काठमाडौं । कार्तिक २१ गते ठगी गरेको अभियोग पक्राउ परेका ब्यवसायी डा. रुप ज्योति प्रहरी हिरासतबाट आज छुटेका छन् । रुप ज्योतिविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि उनी छुटेका हुन् । ठग्यो भन्दै उजुरी दिएका मल्लले लेनदेन विवाद मिलेको भन्दै उजुरी फिर्ता लिएका हुन् । यो मुद्दामा पीडित भनिएका विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीलाई प्रयोग गरिएको प्रष्ट देखियो । जे भए ... read more...

  • ठेकेदार गौतमको त्यो महल जहाँबाट २५ जना जुवाडे समातिएका थिए

    काठमाडौं । दुई बर्षअघि राजधानीस्थित दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ५ बर्ष २ महिना सजाय गर्ने निर्णय सुनाएको छ । उक्त बलात्कार काण्डमा रामेछाप निवासी शैलेस कार्कीलाई मुख्य अभियुक्त भनिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित भनिएकी युवती ७ लाख रुपैयाँ भराउने निर्णय पनि गरेको छ । उक्त घटनामा स ... read more...

  • सीई कन्स्ट्रक्सनले खनेको खाल्डोमा यसरी परे उद्यमी डा. रुप ज्योती

    काठमाडौं । ठगी अभियोग लागेका उद्यमी डा. रुप ज्योती र पीडित भनिएका विगेन्द्रकृष्ण मल्लको आर्थिक सम्बन्ध त्यो तहसम्मको नरहेको दाबी गरिएको छ । रुप ज्योतीका तर्फबाट यस्तो दाबी गरिएको हो । ‘डा. रुप ज्योती र ल्याण्डमार्क डेभलपर्स प्रालिको व्यक्तिगत र कानूनी रुपमा कुनै पनि सम्बन्ध छैन । उक्त कम्पनीको आर्थिक कारोबारको सम्बन्धमा डा. रुप ज्योती र निजको परिवारको पनिकुनै सम्बन्ध छैन’, रुप ज्योतीका ... read more...