• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • मृगौलाको किनबेच १३ लाखमा, नक्कली भान्जाले पाए मात्र ८ लाख

    काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार नक्कली नाता र दाता देखाएर मृगौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका एक दर्जनलाई सार्वजनिक गर्‍यो । जसमा ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, दुई प्रहरी र प्रत्यारोपणमा संलग्न चिकित्सकसमेत गरी १२ जना थिए । पक्राउ परेका एक दर्जन ब्यक्तिमाथि अदालतबाट म्याद लिएर थप अनुसन्धान थालेको ब्यूरोका प्रव ... read more...

  • बाढीमा बेपत्ता भएका एक जना जीवितै भेटिए, २० जना अझै बेपत्ता

    सिन्धुपाल्चोक । बुधबार रातिको अविरल बर्षापछि आएको बाढीका कारण बेपत्ता भएका एक जनालाई जीवितै उद्दार गरिएको छ । बिहिबार राति लार्चा बाढीमा बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ५७ बर्षीय नाप्चे मगर जीवितै भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उनलाई शनिबार बिहान भोटेकोशी नदीबाट जीवितै अवस्थामा उद्दार गरिएको हो । मगरको टाउको र खुट्टामा चोट ल ... read more...

  • पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रुपैयाँ बराबरको बालुवा अवैध तरिका ... read more...

  • थलियो ट्रेकिङ व्यवसाय, हातमुख जोड्नै नसक्ने अवस्थामा टुरिष्ट गाइड

    पर्यटकलाई नेपालको प्राकृतिक सुन्दरताको वर्णन गरी नेपाल चिनाउँदै हिड्ने काठमाडौंका अशोक सिलवाल अहिले भने घरभित्रै छन् । डिसेम्वरको अन्तिम साता चीनको वुहानबाट देखिएको कोभिड १९ ले उनका व्यस्त दिनहरु खोसिदिएको हो । कोराना महामारीले पर्यटकसंग उनले विताएका रोमाञ्चक पल त खोस्यो नै, अव कहिले सम्म नेपाल चाहार्ने मौका नजुर्ने हो त्यो पनि थाहा छैन् । 'चार/पाँच महिना काम गरेर वर्षभरीका लागि खर्च पुर्याउने पेश ... read more...

  • 'लकडाउन' ले ल्याएको ठमेलका रिक्सा चालक दाइहरुका ब्यथा

    काठमाडौं । राजधानीको मुटु हो-पर्यटकीय स्थल ठमेल । विदेशबाट नेपाल आउने पर्यटकहरुका लागि प्रमुख आकर्षणको थलो पनि हो ठमेल । तर विश्वभर फैलिएको महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि फैलिएपछि सरकारले गरेको 'लकडाउन' का कारण पर्यटकीय स्थल ठमेल यतिखेर सुनसान बनेको छ । ठमेलमा छाएको सुनसानसँगै हजारौंको रोजगारी खोसिएको छ, दैनिक रोजीरोटीकै लागि ठमेलको पर्यटकीय ब्यापारसँग आश्रित सयौं मजदु ... read more...

  • व्यापारमा कोरोना कहर: ग्राहक कुर्नु र धुलो पुछ्नु नै दैनिकी

    मनभरी आशा बोकेर झिसमिसेमै पसल खोल्न पुग्छिन् । १० बज्दा नबज्दै खुईया गर्दै घरै फर्किन्छिन् । कलंकीमा फेन्सी पसल गर्ने भवानी केसीले लकडाउन खुल्ला र व्यापार बढ्ला भन्ने आशामै तीन महिना विताइन् । न पुर्णरुपले लकडाउन खुल्यो, न त पसल खोलेका बेला ग्राहक आए । असार १ गतेदेखि बिहान बेलुकी पसल खोल्न थालेकी भवानीले सोचेजस्तो व्यापार गर्न पाएकी छैनन् । पसल खोले पनि व्यापार नभएपछि ग्राहक कुररै बस्नु उनको ... read more...

  • प्रस्तावित ऐनविरुद्ध यस कारण आन्दोलनमा उत्रिए कर्मचारी

    काठमाडौं । लकडाउनका कारण खासै चहलपहल नभएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार हिजोआज कर्मचारीको आन्दोलनले तात्न थालेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार बहुमतबाट पारित गरेको निजामति सेवा ऐनविरुद्ध राजपत्र अंकित प्रथम श्रोणीका कर्मचारीले विरोध गरेपछि सिहंदरबार तातेको हो । निजामती सेवा विद्येयकले कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान ल्याएको भन्दै तिव्र असन्तुष्ट ... read more...

  • सन्दर्भः धान दिवस, मुलुकले किन्यो ३० अर्वको चामल

    काठमाडौं । आज आसार १५, दहि चिउरा खाएर धान रोप्दै राष्ट्रिय धान दिवस मनाउने दिन । कृषकहरुले देशभर हर्षोलासका साथ रोपाँइ गरेर धानमा आत्मनिर्भर हुने सपना आफ्ना खेतहरुमा विच्छाइरहेका छन् । तर मानो खाएर मुरी फलाउने यस घडीमा किसानलाई आफूले उत्पादन गरेको धानमै परनिर्भर भएर विदेशबाट चामल आायात गर्नुपर्दाको खिन्नता पनि उत्तिकै छ । सरकारले तामझामका साथ धान दिवस मनाईरहदा मुलुक भने ३० अर्वको चामल आयात गरेको छ ... read more...

  • कोरोनापछि 'सलह किरा' को त्रासः सलह भित्रिएको विज्ञको दावी

    सर्लाही । अफ्रिकी मुलुकबाट फैलिएको सलह किरा अर्थात फट्याङ्ग्रा जातीका किरा नेपालमा पनि भित्रिएको छ । सलह किरा अरवियन मुलुक हुँदै एसियाको इरान, अफगानिस्थान, पाकिस्तान र भारतबाट नेपाल भित्रिएको हो । आज बिहान ६ः१५ बजेको समयमा सर्लाहीको नवलपुरस्थित तेलबाली अनुसन्धान्धान कार्यक्रमको फर्ममा पश्चिम-दक्षिण दिशाबाट सलह जातीको किराको झुण्ड देखापरेको हो । ती नौलो किसिमको किरा तेलबालीकै फिल्डमा आएर बसेका थिए ... read more...

  • ४८ घण्टा: लुटपाट, लागूऔषध र घुस काण्डमा समातिए चार प्रहरी

    काठमाडौं । पछिल्लो ४८ घण्टामा नेपाल प्रहरीका सिपाहीदेखि प्रहरी निरीक्षकसम्म विभिन्न काण्डमा मुछिए । जसले नेपाल प्रहरीको प्रतिष्ठामा ठूलो आँच पुगेको छ । जसमध्ये ललितपुर प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाहीलाई बुधबार लागूऔषध कारोबारीलाई सघाएको अभियोगमा प्रहरीकै लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले पक्राउ गर्यो । ब्यूरोले लागूऔषध कारोबारीविरुद्ध चलाएको अपरेशनमाम पक्राउ परेका अभियुक् ... read more...

  • अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै दशगजामै क्याम्प र पक्की भवन

    भैरहवा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को दादागिरी यति धेरै बढेको छ कि बाबुबाजेको पालादेखि जोतभोग गर्दै आएको नेपाली भूमि पनि नेपालीले स्वतन्त्रपूर्वक भोग चलन गर्न पाएका छैनन् । एसएसबीले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै दशगजामै स्थायी क्याम्प खडा गरेको छ । क्याम्प खडा मात्र होइन, नेपाली भूमि पनि हत्याउन अनेकौं प्रयन्न गरिरहेको स्थानिय मोहम्मद सिद्धिकले जानकारी दिए । भारतीय एसएसबीले आफ्नो खेत ... read more...

  • नेपालमा भित्रभित्रै सल्किएको 'ग्रेटर नेपाल' को आगोले भारत त्रसित

    काठमाडौं । पछिल्लो समय 'विशाल नेपाल' को मुद्दा सडकदेखि संसदसम्म जोडतोडका साथ अगाडि बढेको छ । संसदमा विभिन्न दलका प्रतिनिधि सभाका सांसदहरुले भारतले सुगौली सन्धिलाई नमान्ने हो भने टिस्टादेखि काँगडासम्मको भूभागने नेपालको भएको र उक्त भू-भाग छाड्नेपर्ने माग राखिरहेका बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भने विरोध जनाएको छ । ससर्त वा निसर्त ग्रेटर नेपाल त्यागिदिने अधिकार कुनै पनि मामनीयहरुलाई नभए ... read more...

  • भारतको दादागिरीः नेपाली जमिन भोग गर्न एसएसबी बन्यो बाधक

    भैरहवा । ‘बाबुबाजेले जोतभोग गर्दै आएको जग्गा स्वतन्त्रतापूर्वक भोग चलन गर्न पाएका छैनौं । अहिले हामीर्ला हाम्रै भूमिबाट भारत बेदखल गर्न खोज्दै छ,’ स्थानीय मोहम्मद सिद्दिक भन्छन्,'दशगजामै स्थायी क्याम्प बनाएर बसेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हाम्रो जग्गा कब्जाउने कसरतमा लागेपछि स्थानियमा त्रास बढेको छ ।’ ‘भारतीय एसएसबी कहिलेकाही परेड पनि हाम्रै खेतमा खेल्छ, हामी निहत ... read more...

  • सशस्त्रले गोली ठोकेपछि भारतभर हंगामा: वारी एपिएफ, पारी एसएसबी

    सर्लाही । सर्लाहीको भारतीय सीमा-नाकासँग जोडिएको पर्सा गाउँपालिका वडा नम्बर-३ नारायणपुरमा आक्रमण गर्न आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले गोली प्रहार गरेपछि भारतभर हलचल मच्चिएको छ । सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अहिले भारतका मुख्य-मुख्य मिडियाले रुवावासी गरिरहेका छन् भने सशस्त्र प्रहरी बल (एपिएफ) नेपालको सर्वत्र प्रशंसा भइरहेको छ । अहिले नेपाल वारी सशस्त् ... read more...

  • घेराबन्दीमा नेपाल: अन्तर्राष्ट्रिय कानुनविपरित 'नहर' को निर्माण

    भैरहवा । नेपाल भारत सीमा नजिकै भारतले ठूलो क्षमताको सिंचाई नहर निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रका नेपाली भू–भाग डुबानमा पर्ने जोखिम बढेको छ । चर्चित एवम् ठुला नदीमा चिनिने सरयु नदीको पानी प्रयोग गरी विभिन्न ८ वटा जिल्लाहरुमा सिंचाई पुर्याउने उदेश्यले भारतले बनाउन लागेको उक्त सिंचाई नहर परियोजनाका कारण नेपाली सीमावर्ती क्षेत्रका ठूलो हिस्सा डुबानमा पर्ने जोखिम बढेको हो । भारतको बलमिच्या ... read more...

  • ‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको कोरोनाबाट मृत्यु, सही कि झुट ?

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीले भारतमा बेहाल छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व सरकारले आफ्नो कमीकमजोरी लुकाउन कहिले पाकिस्तानसँगको सीमा विवाद त कहिले चीससँगको देखाएर राष्ट्र भक्त देखाउने काम जारी राखेको छ । नेपाललाई त त्यसै पनि पेलिरहेको थियो । अहिले पनि त्यो कुरा उसका लागि कुनै नौलो विषय होइन । तर यतिबेला मुम्बई हमलाका प्रमुख योजनाकार मानिएका  ‘अण्डरवर ... read more...

  • गोर्खा सेनालाई हटाएर मैदानमा उत्रिन योगीलाई नेपालको चुनौती

    काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको परम शत्रु घोषणा गरिएको छ । पछिल्लो समय योगी आदित्यले नेपालका बारेमा भ्रमपूर्ण र नकारात्मक सन्देश प्रवाह गरेपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उनलाई नेपालको परम शत्रु घोषणा गरेको हो । योगीले बुधबार लखनउस्थित इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने ... read more...

  • नेपालमै कोरोना भाइरसविरुद्धको औषधि तयार, परीक्षण थालियो

    हेटौंडा । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् । औषधिका सम्बन्धमा मन्त्री युवराज ... read more...

  • थप एकको मृत्यु, 'आरडिटी रिपोर्ट' ले झुक्याउँदा युवकको ज्यान गयो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा १४ दिन बसेर घर फर्केका युवकको मृत्यु कोरोनाको संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । १४ दिन क्वारेन्टिनमा बसेर फर्किएका २८ बर्षीय युवकको घर जाने बेलामा गरिएको आरडिटी परीक्षणमा 'रिपोर्ट नेगेटिभ' आएको थियो । त्यसपछि उनलाई घर प ... read more...

  • यस्तो पनि क्वारेन्टाइनः 'न शौचालय छ, नत खानेपानीको प्रबन्ध'

    भैरहवा । 'न पंखा छ, नत शौचालय, खानेपानीको उचित प्रबन्ध पनि छैन', रतनराज हमाल भन्छन्, ‘प्रचण्ड गर्मी र लामखुट्टेको टोकाई सहीसक्नु छैन ।’ रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं. ४ फरेनास्थित दुई कोठे मदरसा भवनमा संचालित क्वारेन्टाइनमा शौचालय छैन । एउटा मात्र ह्याण्डपाईपबाट क्वारेन्टाइनमा बसेका ब्यक्तिलगायतले पानी खाने र नुहाउने गरेका छन् । उनले थप भने, ‘बाहिर खेतमा दिसा बस् ... read more...