• +977 9841468702
  • info@cpostnews.com

शिक्षा

  • गाउँमै इन्जिनियरिङ पढ्न पाएपछि विद्यार्थीमा खुसीयाली

    सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–६ थुम्पाखारस्थित रहेको महेन्द्रदय माध्यामिक विद्यालयमा पहिलो पटक सिभिल इन्जिनियरिङ विषयको पढाई हुन थालेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीहरु अहिले राजधानीमा उच्च शिक्षाको लागि जानुको सट्टा इन्जिनियरिङ विषय अध्ययन गर्न गाउँमै भर्ना हुन थालेका छन् । अहिले कक्षा ११ मा प्राविधिक शिक्षातर्फ रुची राख्ने १५ जना छात्र र १५ जना छात्रा अध्ययरत रहेका छन् । महेन्द्रद ... read more...

  • तराईका विद्यार्थी राजधानीमा संगठित, तराई-काठमाडौं बिद्यार्थी परिषद् गठन

    काठमाडौं । तराईबाट आएर काठमाडौंमा अध्ययनरत विद्यार्थीहरु संगठित भएका छन् । काठमाडौंमा शनिबार भएको एक भेलाले तराई–काठमाडौं बिद्यार्थी परिषद् गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । काठमाडौंमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद् गठन गरिएको नवगठित समितीका अध्यक्ष रुपक पटलले जानकारी दिए । ‘तराईका जिल्लाबाट काठमाडौं आ ... read more...

  • राजनीतिक शिकारः बडादशैंको मुखैमा शिक्षकलाई धपाइयो

    सिन्धुपाल्चोक । बडादशैंको मुखैमा कम्प्युटर साइन्स विषय अध्यापन गराउदैँ आएको आनन्द माध्यामिक विद्यालय जलविरेका शिक्षक ईश्वरीप्रसाद सापकोटालाई हटाइएको छ । उनलाई राजनीतिक प्रतिसोधका आधारमा हटाइएको भन्दै अभिभावकहरुले विरोध गरेका छन् । सापकोटा कम्प्युटर साइन्सको लागि दक्ष र अनुभवी शिक्षक भएको तर उनलाई राजनीतिक आस्थाकै आधारमा निकालिएपछि विद्यालय प्रशासनको विरोध गर्न बाध्य भएको स्थानीय सञ्चवीर तामाङले सी ... read more...

  • गरिबले पढ्नै नसक्ने गरी शुल्क बृद्धि गरेपछि शंकरदेवमा तालाबन्दी

    काठमाडौं । शंकरदेव क्याम्पसको प्रशासनमा चरम लापरबाही भएको भन्दै नेकपा निकट बिधार्थी संगठनले बिरोध स्वरुप तालाबन्दी गरेका छन् । मुलुककै गौरव बोकेको व्यवस्थापन तथा बाणिज्य शास्त्र संकाय पढाई हुने सबैभन्दा राम्रो क्याम्पस मानिएको शंकरदेवमा प्रशासनले चरम लापरबाही र मनोमानी ढंगले सुल्क बुद्धि गरेपछि तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् । मध्यम बर्गीय बिधार्थी अध्ययन गर्न आउने उक्त क्याम्पसमा प्रस ... read more...

  • अस्ताय अथक शिक्षासेवी सुवेदी

    बाँके । पर्वत जिल्लामा शिक्षाको लागि अथक योगदान दिएका शिक्षासेवी उमेशचन्द्र सुवेदी शास्त्रीको ७५ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । दुई हजार साल पुस २२ गते पर्वत जिल्लाको पैञ्यू गाउँपालिका–३ गोहपुकमा जन्मिएका सुवेदीले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट अध्ययन सकेर पर्वतको पैञ्यू क्षेत्रका साना ठूला विद्यालयहरू स्थापना र विकासमा विशेष योगदान दिएका थिए । उनले श्री जनसेवा संस्कृत म ... read more...

  • पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु वैध कि अवैध ?

    काठमाडौ । नेपालविद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ । रिपोर्टर्स क्लबमा ‘विश्वविद्यालय सुधार अभियान’ विषयमा पत्रकार सम्मेलन गर्दै समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मा ... read more...

  • तिलोत्तमा नगरप्रमुखको पारिश्रमिकबाट ४४ जना विद्यार्थीलाई छात्रवृत्ति

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो पारिश्रमिकबाट आएको रकमले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसको आधारमा उनले छात्रवृति प्रदान गरेका हुन् । नगरप्रमुख घिमिरेले यसअघि नैं आफूले प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक रकमबाट सामुदायिक विद्यालयमा अध्य ... read more...

  • किड्जी प्रि-स्कुल आई केयर गोष्ठी सम्पन्न

    काठमाडौं । बाल हिंसा र परिचय तथ रोकथाम सम्वन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त गोष्ठी किद्जी प्रि–स्कुल र आई केयरले संयुक्त रुपमा गरेका हुन् । किड्जीको नेपालमा थुप्रै शाखा रहेका छन् । वर्षको २ चोटी हुने शिक्षक तालिममा यसपाली किद्जी ईन्डियाकी प्रिन्सिपल तथा प्रबन्धक प्रिस्सिल्ला जोसेफले बिशेष आइ केयर गोष्ठी संचालन गरेकी हुन् । किद्जीको भारतमा १७ सय भन्दा बढि र नेपालमा ७ स्थानम ... read more...

  • ६१ जना विद्यार्थीहरुले पाए छात्रवृत्ति

    काठमाण्डौँ । सिन्धुपाल्चोक जिल्लाबाट एसईई परीक्षामा उत्र्तिण ६१ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् । सदा झै यस वर्ष पनि जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउने राम्रा विद्यार्थीहरुलाई हेलम्बु एजुकेशन लिभ्लीहुड पार्टनरसीपले छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले जिल्लाबाट एसईई परीक्षामा समावेस भई राम्रो नतिजा ल्याउने विद्यार्थीलाई छनौट गरि सो छात्रवृत्ति प्रदान गर्दै आएको छ । एसइईको नतिजा सार् ... read more...

  • साउन ११ र १२ गते भृकुटीमण्डपमा शैक्षिक मेला हुने

    काठमाडौं । यूनिभर्सल टिच कन्सल्टको आयोजनामा यही साउन ११ र १२ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो शैक्षिक मेला लाग्ने भएको छ । बुधबार रिपोर्टर्स क्लबमा यूनिभर्सल टिच कन्सल्टले पत्रकार सम्मेलन गरेर उक्त शैक्षिक मेलाको बारेमा जानकारी दिएको छ । मेलाका निर्देशक लक्ष्मण लामिछानेले शैक्षिक मेलाको उद्देश्य गूणस्तरीय शिक्षामा जोड दिनु रहेको सुनाए । उनले भने,‘हाम्रो पहिलो उद्देश्य नेपालको शिक्षा गुणस् ... read more...

  • परीक्षा विथाल्ने तयारीः ‘जागिर खोस्ने षड्यन्त्र हामीलाई मान्य छैन्’

    काठमाडौं । अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिले भोलीबाट सुरु हुने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको आन्तरिक परिक्षा विथोल्ने निर्णय गरेको छ । बिहीबार साँझ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले आफूहरुले ८ औं दिनसम्म आमरण अनशन बस्दा पनि राज्यले मागको सुनुवाई नगरेकोले बाध्य भएर भोलीबाट हुने परीक्षा विथोल्ने निर्णय लिएको जनाएको हो । कार्यसमितिका महासचिव कुमोदकुमार क ... read more...

  • यसरी प्राविधिक त्रुटि सच्चाइयोः परीक्षामा छात्रा बढी, नतिजामा पछाडी

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएम ... read more...

  • पर्खाइको घडी सकियोः एसईईको परीक्षाफल सार्वजनिक

    भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त ... read more...

  • कोरियन भाषा परीक्षा दिने एक सय ३७ नक्कली परीक्षार्थी समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्क ... read more...

  • केयूबाट एमबिबीएसमा नाम निकाल्ने भन्दै १० लाख रुपैयाँ ठगी

    लहान । एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग १० लाख रुपैयाँ ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते पाँच लाख र भदौ २७ गते पाँच लाख गरी १० लाख रुपैयाँ लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुखेसो छ । सन्तोषी महतो ... read more...

  • इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित

    काठमाडौँ । कल्सल्टेन्सी ब्यवसायीहरुको छापा संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी उनको प्रतिस्पर्धी सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन् । विहान सम्पन्न मतगणना अनुसार इक्यानको १२ औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा महेशबाबु तिमल ... read more...

  • मन्त्री दुलालले विनोदको जिम्मेवारी लिए

    सिन्धुपाल्चोक । विद्यार्थी भर्ना अभियानमा सहभागी हुन सिन्धुपाल्चोक आइपुगेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बुधवार आफ्नो निर्वाचन क्षेत्रमा रहेको ईन्द्रावती आधारभुत विद्यालयमा अध्यानरत विनोद माझिको अभिभावकत्व ग्रहण गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका ११ माझि बस्तीमा भएको इन्द्रावती आधारभुत विद्यालयमा पुगेका मन्त्री दुलालले सोही विद्यालयमा अध्ययनरत विनोद माझिको अभिभावकत् ... read more...

  • क्याम्पस टप गर्ने छात्रा सन्जिता पुरस्कृत

    काठमाडौं । थापाथली ईन्जिनियरिङ क्याम्पसमा अध्ययरत छात्रा सन्जिता वस्ती पुरस्कृत भएकी छन् । छात्रा वस्तीले उत्कृष्ट नजिता ल्याएर ०७४ सालमा क्याम्पस टप गरेपछि जगदम्बा स्टिल्स् कम्पनीले उनलाई गोल्ड मेडल र ५१ हजार नगदसहित पुरस्कृत गरेको हो । उनलाई मंगलबार शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तेस्रो पटक ईन्जिनियरिङ अध्ययन संस्थान, थापाथली ... read more...

  • कन्सल्टेन्सी बाटै मानव तस्करी, फेरी समातिए कन्सल्टेन्सीका सञ्चालक

    काठमाडौं । शैक्षिक परामर्श दिने नाममा बैदेशिक रोजगारीका लागि काम गर्दै आएका एक कन्सल्टेन्सीका सञ्चालक आर्यान लामालाई प्रहरीले पक्राउ गरको छ । लामाले यूरोपलगायतका मुलुकहरुमा रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । लामाले खोटाङ निर्मलीडाँडा-१ घर भएका निरकाजी बस्नेतसमेत चार जनालाई स्पेन र पोर्चुगल पठाउने भन्दै रकम उठाएका थिए । काठमाडौंको सा ... read more...

  • शैक्षिक परामर्श दिने कन्सल्टेन्सीको नाममा मानव तस्करीको धन्दा

    काठमाडौं । शैक्षिक परामर्श दिने कन्सल्टेन्सीमा चाङका चाङ पार्सपोर्ट भेटियो भने सर्वसाधारण अब बैदेशिक रोजगारीका लागि मेनपावर पठाउने कम्पनी नबुझेर के बुझ्ने ? यसैगरी शैक्षिक परामर्श दिने कन्सल्टेन्सीको नाममा मेनपावरको अवैध धन्दा चलाउने क्याथी एडुकेसशन एण्ड ट्रेनिङ कन्सल्टेन्सी प्रालिका सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गाँगलफेदी-५ घर भई हाल पुतलीसडकस्थित उक्त शैक्षि ... read more...