• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

कला

  • 'यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ’

    मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् । भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’ यो भिडियो कति प ... read more...

  • कोरोनालाई जितेर ऐश्वर्याको आमा छोरी घर फर्किए

    मुम्बई  । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ऐश्वर्याको आमा छोरी सोमबार अस्पतालबाट डिस्चार्ज भएको भन्दै अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटमार्फत भने, ‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइस ... read more...

  • डिपी दाहालको ‘मायाको घरवार’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत  ‘मायाको घरबार’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक पुरुषोतम सुबेदी र गायिका अस्मीता अधिकारीले स्वर दिएका छन् । गीतमा संगीत पनि गायक सुबेदीकै रहेको छ । मायाप्रीतिको कथाबस्तु रहेका उक्त गीतमा नायिका केकी अधिकारी र नायक पुष्प खड्कालगायतको अभियनय रहेको छ । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको उक्त भिडियोमा अर्जु ... read more...

  • साम्राज्ञीविरुद्ध मुद्दा, १० करोड क्षतिपूर्तिको माग, कति उचित ?

    काठमाडौं । अन्ततः प्रख्यात नायक भुवन केसी र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको झगडा अदालतसामु पुगेको छ । नायक केसीले साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । त्यो पनि १० करोडको क्षतिपूर्ति मागसहित काठमाडौं अदालतमा मुद्दा दायर गरेका हुन् । नायिका साम्राज्ञीले विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत लगातार नायक केसीविरुद्ध बोल्दै आएकी थिइन । साम्रा ... read more...

  • 'अबको तीज, नो ब्रत प्जिल, नो खुट्टाको पानी' विवादमा (भिडियोसहित)

    काठमाडौं । ब्रतका नाममा देखिएको विकृतिविरुद्ध गायिका सोफिया थापाले ल्याएकी तीजको नयाँ गीत 'अबको तीज, नो ब्रत प्जिल, नो खुट्टाको पानी' विवादमा परेको छ । गायिका थापाले गीतमार्फत 'व्रत नबसौं, महिला पुरुष दुबै बराबरी, खुट्टाको पानी नखायौं' र महिला-पुरुष बराबरी भन्ने सन्देश दिएकी छन् । गीतमार्फत नै उनले 'दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन' पनि आह्वान गरेकी छन् । उनको गीत सार्वज ... read more...

  • रोचक कथाः 'फुच्ची शबरी आराध्या'

    घरमा आज पूजा छ । सासुले प्रसाद बनाउने जिम्मा नयाँ बुहारी अनुपालाई सुम्पेकी थिइन् । उनको स्वास्थ्य ठिक थिएन । त्यसैले हात लगाउन सक्दैन्थिइन । पतिदेव मोहनजी बिचबिचमा केही न केही मद्यत गर्थे, आमाको नजर लुकाएर । अब बाहिर आएर पाहुनाहरुको स्वागत पनि गर्न जरूरी हुन्छ । त्यसैले बिचबिचमा बाहिर पनि जान पर्दथ्यो मोहनलाई । यसैबीच आफ्नो मामाकी प्यारी आराध्या जुन पूजाको न्यौता दिन गएका आफ्नो मामासँग पछ्याउँदै आ ... read more...

  • चर्चित अभिनेता अमिताभ र अभिषेक बच्चन दुवैमा कोरोना संक्रमण

    मुम्बई । बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन पनि कोरोना सँक्रमित भएका छन् । शनिबार राति अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राति नै कोरोना भाईरस पोजिटिभ देखिएको हो । आफूलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटरमार्फत जानकारी शनिबार राति नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका थिए ... read more...

  • दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको’ सार्वजनिक (भिडियोसहित)

    पोखरा । गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्कालाई फिचर्ड गरिएको छ । दीपा घिमिरे आचार्य निर्माता रहेको उक्त गजलको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । भिडियोलाई अमृत सुनुवारले छायांकन र म ... read more...

  • मौनताले ‘आँधी तुफान-२’ बनाउने

    पोखरा । स्क्रिप्ट राइटर तथा चलचित्र निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान-२’ निर्माण गर्ने भएकी छन् । लकडाउन अवधिभर आफूले ‘आँधी तुफान-२’ गर्नको लागि स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने निर्माता श्रेष्ठले जानकारी दिइन । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनोटकै क्रममा रहेको छ । नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण तथा अत्याचार ... read more...

  • यस्तो छ सभ्यता गिरीको 'पसंद आया' (भिडियोसहित)

    काठमाडौं । नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन्-सभ्यता गिरी ।  सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै आएकी कलाकार हुन् । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् । हिन्दी म्यूजिक भिडियो 'पसंद आया' मा सभ्यताको मनमोह ... read more...

  • मलाई रुवाई रहने मेरो 'त्यो प्रेम'

    आज धेरै बर्षपछि पुरानो इकोनोमिक्सको त्यो नोटबुक खोल्दा ती बितेका अतित आँखा वरिपरि नाच्न थाल्यो । र, पुरै शरिर काम्दै गयो । आँखाबाट आँसु बहन लाग्यो । कुरा एसएलसी पछि आइकम पढ्दाको हो । कलेजको पहिलो दिनको कक्षा थियो । म धेरै टाढादेखि साइकलबाट कलेज जाने गर्थे । कक्षामा प्रवेश गर्नासाथ मेरा साथीहरुले चिच्याए-अरे तेरो चेन खुला छ । म के गरुँ ? तुरुन्त पैन्टको चेन हेरँ । फेरि उनीहरुले भने-अरे यार बागको चे ... read more...

  • बलिउड अभिनेता सुशान्तको हत्या भएको आशंका

    मुम्बई । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताए ... read more...

  • दक्षिण भारतीय स्टार अभिनेता चिरञ्जीवीको ३९ वर्षको उमेरमा निधन

    बेङ्लोर । दक्षिण भारतीय स्टार अभिनेता चिरञ्जीवी सरजाको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनको आइतबार उपचारको क्रममा बेङ्लोरको सागर अस्पतालमा निधन भएको हो । उनको निधनप्रति बेङ्लोर राज्य सरकारले शोक व्यक्त गरेको छ । ११ वर्षअघि फिल्म वायुपुत्रमा अभिनय गर्दै उनले कन्नड फिल्म सुरु गरेका थिए । पछिल्लो पुस्ताका कन्नड नायकमा चिरञ्जीवी पनि दर्शकले रुचाएका कलाकार थिए । यो अवधिमा दुई दर्जन फिल्म ... read more...

  • निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

    काठमाडौं । निर्देशक तथा गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । यसअघि बोर्डकै सदस्य रहेका दाहाललाई बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष बन्नका लागि झण्डै एक दर्जनले आवेदन दिएता पनि दाहालसहित ३ जनाको नाम मात्र मन्त्रिपरिषद्को बैठकमा पुगेको थियो । दाहालसहित अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी र सांस्कृत ... read more...

  • कोरोनाको संक्रमणबाट पछिल्लो पुस्ताका चर्चित संगीतकार वाजिदको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बलिउडका संगीतकार वाजिद खानको मृत्यु भएको छ । पछिल्ला पुस्ताका चर्चित संगीतकार खान केही वर्ष यतादेखि मिर्गौला रोगको समस्याबाट पीडित थिए । एक साताअघि मात्र उनीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । केही दिन अघिदेखि अस्पतालमा उपचार गरिरहेका बाजिदको आइतबार राति ४२ वर्षको उमेरमा मृत्यु भएको हो । स्वास्वप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको ... read more...

  • अमेरिकन आइडलको टप ७ मा नेपाली युवा दिवेश (भिडियोसहित)

    काठमाडौं ।  जारी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ७ मा नेपाली युवा दिवेश पोखरेल पर्न सफल भएका छन् । उक्त गायन प्रतियोगितामा उनी 'अर्थर गन' को नामले सहभागी छन् । उनी मतदानको आधारमा टन ७ मा परेका हुन् । अब उनले फाइनलको यात्रा तय गर्न एउटा खुड्किलो मात्र पार गर्नुपर्नेछ । त्यसका लागि अहिले मतदान प्रक्रिया सुरु भएको छ । उनलाई निर्णायकले तारिफ माथि तारिफ गरिरहेका छन् । उनले फाइनलको यात्रा तय ग ... read more...

  • 'अमेरिकन आइडल' को उत्कृष्ट १० मा नेपाली युवा दिवेश (भिडियोसहित)

    काठमाडौं । चर्चित रियालिटी सो 'अमेरिकन आइडल' को जारी १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । ललितपुर निवासी पोखरेलले उक्त कार्यक्रममा 'अर्थर गन' को नामबाट प्रतिस्पर्धा गरिरहेका छन् । उत्कृष्ट १० मा पर्न सफल भएपछि उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूलाई भोट गर्ने र माया दिने सवैलाई धन्यवाद दिँदै आफू आउँदो दिनका लागि थप उत्साहित बनेको प्रतिक्रिय ... read more...

  • गायक यमन माझीको 'माख्ली परेन' सार्वजनिक (भिडियोसहित)

    काभ्रे । माझी समुदायमा 'माझी किङ' का रुपमा परिचित गायक यमन माझीको 'माख्ली परेन' बोलको गीत सार्वजानिक भएको छ । गीतमा शुभम माझीको शब्द रहेको छ भने गायक यमनकै संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो । म्यूजिक भिडियोलाई शक्ती माझीले छायांकन, सुन्जित माझीले निर्देशन  र अर्जुन खड्काले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा सुन् ... read more...

  • रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको ८४ वर्षको उमेरमा निधन

    काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा जन्मिएकी उनका एक छोरा र दुई छोरी रहेका छन् । बाल्यकाल बनारसमा बिताएकी उनको २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको हो । उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो स्वर दिएकी थिइन् भने १६ वर्षको उमेरमै 'नेपाली नेपाली अघि बढौं हातमा क्रान्ति झण्डा लि ... read more...

  • चर्चित अभिनेता ऋषि कुपुरको ६७ बर्षको उमेरमा निधन

    काठमाडौं । चर्चित अभिनेता इमरान खानको निधन भएको २४ घण्टा वित्न नपाउँदै बलिउडका अर्का चर्चित अभिनेता ऋषि कुपुरको ६७ बर्षको उमेरमा निधन भएको छ । क्यान्सर र स्वासप्रश्वासको समस्याबाट पीडित उनी अस्वस्थ्य भएपछि बुधबार अस्पतालमा भर्ना भएका थिए । उनी गत बर्ष मात्र क्यान्सरको उपचार गराएर भारत फर्किएका थिए । बुधबार बलिउडले चर्चित अभिनेता इमरान खानलाई गुमाएको थियो । उनलाई हिजो एक्कासी स्वास फेर्न ... read more...