• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

कला

  • इलिनाको लोकप्रियतामाथि षड्यन्त्र, हट्यो ‘तिम्रो मायाले बाँधेर राख’

    काठमाडौं । चर्चित गायक-गायिकाको लोकप्रिय गीतलाई प्रायजसो विश्वभर नै ‘कभर गीत’ गाउने चलन छ । कतिपय गीत भने कभर गीतकै कारण चर्चामा आउने गरेका छन् । नेपालमा त आफ्नो गीत चर्चामा ल्याउन विभिन्न फिल्मका लगानीकर्ताले नै कभर गाउन लगाएर आफ्नो फिल्मको गीतलाई चर्चामा ल्याउन अनेक उपाय गरेको प्रशस्त उदाहरण भेटिन्छन् । तर त्यसको मान्यता विपरित नवगायिका इलिना चौहानले अनुमति लिएर गाएको गायक श्याम कार् ... read more...

  • यस्तो छ इलिजाको 'कति पानी बगिसके' (भिडियोसहित)

    काठमाडौं । नयाँ प्रतिभालाई अगाडि ल्याउने उदेश्यले अभियान थालेको प्ल्याटफर्म नेपालमार्फत अर्को ब्ल्याक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका इलिजा बस्नेतको स्वरमा सजिएको 'कति पानी बगिसके' बोलको गीतका शब्द रचना र संगीतकार राजेशकुमार श्रेष्ठ हुन् ।  भिडियो:   ... read more...

  • गायक महेश सेवाको 'बाबाको टोपी' सार्वजनिक (भिडियोसहित)

    काठमाठौं । गायक महेश सेवाको नयाँ गीत 'बाबाको टोपी' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अहिलेका पुस्ताले बाबुआमालाई देखाउने ब्यवहार र बाबुआमा र छोराछोरीबीच देखा पर्दै गएको मायाको खाडल देखाउन खोजीएको छ । उक्त गीतलाई युवा संगीतकार कर्मा ग्याल्चेन बम्जन दिएका छन् भने शब्द गोविन्द हुमगाईको रहेको छ । म्यूजिक भिडियोमा चर्चित पुराना कलाकार सुरविर पण्डित, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ । सोनाम ... read more...

  • अनुपम म्यूजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन

    पोखरा । अनुपम म्यूजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । पत्रकार तथा लेखक बद्रिविनोद प्रतिकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन् । समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्गीत ... read more...

  • जोजिजूको जोडीद्वारा जेई रेकर्डिङ स्टुडियो सञ्चालन

    पोखरा । गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्यूजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर श्रेष्ठले औपचारिक उद्घाटन गरे । श्रेष्ठले जे. ई. स्टुडियोले पोखरामा खड्कने गरेको स्तरीय गीत रेकर्डिङको अभावलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । जोजिजू जोडी आफैँ पनि गीत-सङ्गीतका क्षेत्रमा लामो समयदेखि काम गरिरहको हुना ... read more...

  • गीतकार अग्निप्रसादको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक

    ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’ लाई सार्वजनिक गरिएको हो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम ... read more...

  • यस्तो छ गायिका इलिनाको आफ्नै गीत 'लेउ न माया लेउ' (भिडियोसहित)

    काठमाडौं । 'तिम्रो मायाले बाँधेर राख' र 'इन्स्टा फोटो' जस्ता कभर गीत गाएर चर्चामा आएकी गायिका इलिना चौहानले आफ्नै नयाँ गीत 'लेउ न माया लेउ' लिएर आएकी छन् । उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । नव उदयीमान गायिका चौहानले उक्त गीत आफ्नो फेसबुकमा पोष्ट गर्दै 'तिम्रो मायाले बाँधेर राख' र 'इन्स्टा फोटो' कभर गीत जस्तै आफुले भर्खरै ल्याएको नयाँ गीत 'लेउ न मामा लेउ' लाई पनि माया गर्न भनेकी ... read more...

  • यस्तो छ नेपाली चलचित्र ‘रेस’ को ट्रेलर (भिडियोसहित)

    काठमाडौं । चलचित्र ‘रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’ मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका ... read more...

  • गायक स्वरुप राजको 'प्रतिज्ञा प्रेमको' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । सदावहार गायक स्वरुपराज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत 'प्रतिज्ञा प्रेमको' भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा तयार भएको उक्त गीतको भिडियोलाई मरुभुमी नारायणले छायाँकन, रोशन धितालले सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन गरेका हुन् । भिडियोमा अप्सना थापा र सुमन परियारको लोभला ... read more...

  • गायिका प्रसाईंको ‘तिमी साथ भएपछि’ गजल सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायिका टीका प्रसाईंको 'तिमी साथ भएपछि' गजल गीत गाएको एक बर्षपछि सार्वजनिक भएको छ । गीतमा सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र गोपाल रसाइलीको संगीत-संयोजन रहेको छ । गायिका प्रसाईंको सर्वाधिक रुचाइका गीतहरु ‘माया लुकी लुकी’ ‘नाईं मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता दर्जनौं गीतहरु रहेका छन् । ‘तिमी साथ भएप ... read more...

  • प्रताव दासको 'हाँस्न मन छ मलाई' सार्वजनिक (भिडियोसहित

    काठमाडौं । गायक प्रताव दासको 'हाँस्न मन छ मलाई' बोलको गीत सार्वजनिक भएको छ । सुदिप धितालको शब्द रहेको उक्त गीतको संगीत बुद्ध सायमीले दिएका हुन् । गीतको एरेन्ज पनि सायमी स्वयमले गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियो फराज अर्पनले तयार पारेका हुन् । भिडियोमा सुदिप र प्रतिक्षाको अभिनय देख्न सकिन्छ । सायमी पुराना चर्चित संगीतकार एवम् म्यूजिक एरेञ्जर हुन् भने प्रताप दास अहिलेको चर्चित यु ... read more...

  • कीर्तिमान थप गर्ने अभियानमा उपाध्याय, एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक

    काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकैपटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनि ... read more...

  • गणेश सेन्चुरीको 'लुकिछिपी किन मायामा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । हालै डिजिटल बजारमा सार्वजनिक भएको 'लुकिछिपी किन मायामा' नयाँ गीतको म्यूजिक भिडियोमा पुरानो गाउँले जीवनलाई पुनः जीवित बनाउन खोजिएको छ । भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन, मायाप्रेम, खेलकुद, कृषीकर्मलाई साधारण तवरमा प्रस्तुत गर्न खोजिएको छ । उक्त गीतमा शब्द, संगीत, स्वर गणेश सेन्चुरीको रहेको छ भने कोबिद बज्रले म्यस्जिक एरेन्ज गरेका छन् । भिडियोमा बुलबुल फिल्मब ... read more...

  • हरर चलचित्र ‘घर’ को फस्टलुक नै डरलाग्दो

    काठमाडौं । हरर चलचित्र ‘घर’ को फस्टलुक सार्वजनिक भएसँगै प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र ‘घर’ साउनको ३ गतेबाट रिलिज हुने निर्देशक अर्पण थापाले बताएका छन् । अर्पण थापाकै लेखन तथा निर्देशन बनेको चलचित्र ‘घर’ मा शर्मिला पाण्डेको लगानी रहेको छ । चलचित्रमा निर्देशक अर्पण थापाको साथमा नायिका बेनिशा हमाल, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । हरर चलचित्र ... read more...

  • गायिका बनिका प्रधानको 'लैजाउ उडाई' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका बनिका प्रधानको 'लैजाउ उडाई' गीतको म्यूजिक भिडियो डिजिटल बजारमा आएको छ । गीतको शब्द रचना महेन्द्र गुरुङको रहेको छ भने संगीत रुवेन जोयले दिएका हुन् । गीतको एरेन्ज पनि संगीतकार जोयले नै गरेका हुन् । उक्त म्यूजिक भिडियोमा आरोन सिन्हा र अन्जना केसीलाई फिचिरङ गरिएको छ । भिडियोलाई निर्देशन र छायाँकन क्रमशः अरुणजंग शाही ठकुरी र सुमन वाग्लेको रहेको छ । भिडियो: ... read more...

  • सुन्दरी प्रतियोगितामा 'ताज' किनबेचको यसरी खुल्यो राज

    काठमाडौं । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै प्रतियोगित ... read more...

  • नेपाल आइडल-२ की चर्चित गायिका अस्मिताको 'बारुली कम्मर' सार्वजजिक (भिडियोसहित)

    काठमाडौं । नेपाल आइडल सिजन-२ की थर्ड रनर अप गायिका अस्मिता अधिकारीको पहिलो गीत 'बारुली कम्मर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत गायक कमल खत्रीका रहेको छ । नेपाल आइडलबाट चर्चामा आएकी गायिका अस्मिता लाइसेन्स प्राप्त नर्स पनि हुन् । उक्त गीतको म्यूजिक भिडियोलाई निर्देशन, छायाँकन र सम्पादन क्रमशः दिपेन्द्र केसी, विदुर पाण्डे र प्रकाश तुलाधरले गरेका हुन् । गीतमा संगीत, शब्द ... read more...

  • चर्चित गायिका माझीको 'अनुसन्धान' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्बजनिक भएको छ । उक्त भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको हो । गीतमा चर्चित लोक गायिका विष्णु माझी र नब गायक अशोक बिकको आवाजमा रहेको छ । उक्त गीतमा शब्द सागर रेग्मीको रहेको छ भने लय किशोर खत्रीले रचना गरेका हुन् । डिआर सुजनको निर्देशनमा निर्माण भएको उक्त गीतको म्यूजिक भिडियोमा मोडल किशोर खत्री ... read more...

  • मेलिना र हरि लम्सालको 'परानै दिन्छु' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायिका मेलिना राई र हरि लम्सालको स्वरमा सजिएको 'परानै दिन्छु' गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । परानै दिन्छु गीतको म्युजिक भिडियोलाई १० लाख बढीले हेरिसकेका छन् । गीतमा शब्द प्रलाद शाहको रहेको छ भने संगीत गायक हरि लम्सालले नै दिएका छन् । गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन् । अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी ... read more...

  • टाइटल अवार्ड 'उत्कृष्ट प्रतिभा' तर्फ नेपालकी अपेशा 'फस्ट रनर अप'

    मनिला । १४ औं 'जेवल अफ द वल्र्ड' सुन्दरी प्रतियोगिता सहभागि हुन नेपालबाट फिलिपिन्स आएकी मोडल अपेशा खड्काले उक्त प्रतियोगितामा उत्कृष्ट प्रतिभातर्फ टाइटल अवार्डमा 'फस्ट रनर अप' भएकी छन् । मे ४ देखि सुरु भएको उक्त प्रतियोगिता ग्राण्ड फिनाले मनिलास्थित जिटी टोयोटा कल्चरल सेन्टरमा आज हुँदैछ । करिब २० वटा मुलुकबाट सहभागि रहेको उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी थिइन । उस ... read more...