• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

स्वास्थ्य

  • ३४ बर्षीय दाङका संक्रमित शिक्षण अस्पतालका सरसफाइ कर्मचारी

    काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-७ खर्चवा गाउँका भनिएका ३४ बर्षीय कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित पुरुष काठमाडौंमै बसोबास गर्दै आएको खुलेको छ । उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालको सरसफाइ कर्मचारी भएको खुलेको हो । उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । तर परीक्षण गराउँदा भने उनले आफ्नो ठेगाना तुलसीपुर दाङ लेखेको बुझिएको छ । दाङकै अन्य दुई जना संक्रमित भने गढवा गाउँपालिका व ... read more...

  • संक्रमितको संख्या २६७ पुग्यो, ७ र १० बर्षीय बालक पनि संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु पर्सा, उदयपुर, दाङ र काठमाडौं जिल्लाका हुन् । संक्रमित हुनेमा पर्साका १० र काठमाडौं सतुंगलका ७  बर्षीय बालक पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख ... read more...

  • संक्रमित सूचीमा थपिए ७ बर्षीय बालक, १७ र ३० बर्षीया महिला

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बढेर २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरएका परीक्षणका क्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौं दहचोक निवासी ७ बर्षीय पुरुष, धनुषाका १७ बर्षीया र धादिङका ३० बर्षीया महिला रहेका छन् । मन्त्रालयका सहप्रवक्ता एवम् डा. स ... read more...

  • मुलुकभर कोरोनाको त्रास, संक्रमितको संख्या २४६ पुग्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लोे जानकारी अनुसार थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  संक्रमित हुनेमा नवलपरासी (बर्दघात सुस्तापूर्व) देवचुली नगरपालिका वडा नम्बर-१२ का ४९ बर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ३५ जना निको भएको मन्त्रालयले जनाएको छ । सम्पूर्ण संक्रमितहरुको स्वास्थ्य अवस्था ... read more...

  • कोरोनाले डरलाग्दो रुप लियो, संक्रमितको संख्या २४५ पुग्यो

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पछिल्लो तीन दिन यता नेपालमा सवैभन्दा बढी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार कोरोना भाइरसको संक्रमितको संख्या २४५ पुगेको छ । यसअघि थप दुई जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा काठमाडौंको चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलबस्तु निवास ६ बर्षीया बालिका रहेका छन् ।  सच्याइएको:     ... read more...

  • ललितपुरस्थित रहेको निदान अस्पतालको मुख्य ढोकामा सिलबन्दी

    काठमाडौँ । आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड-१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्र ... read more...

  • पछिल्लो २४ घण्टामा १०७ संक्रमित थपिए, संक्रमित २१७ पुगे

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बढेर २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १०७ जना संक्रमित थपिएपछि नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या २१७ पुगेको हो । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आजै दिउँसो एकैपटक ५७ जनामा संक्रमण पुष्टि भएको थ ... read more...

  • २४ घण्टा नवित्दै ८१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जुन निकै डरलाग्दो तथ्यांक हो । सोमबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । २४ घण्टा हुन नपाउँदै पुनः नयाँ ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण प ... read more...

  • एकै दिन २४ जना संक्रमित थपिए, संक्रमित सवैको अवस्था सामान्य

    काठमाडौं । नेपालमा एकै दिन २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुनः १३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११ जना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । संक्रमण पुष्टि भएका ६ जना कपिलबस्तु, ६ जना रुपेन्देही र १ जना बर्दियाका हुन् । संक ... read more...

  • मुलुकभर १२१ संक्रमित, ३३ घर फर्किए, कर्णाली प्रदेश सरक्षित

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १२१ जना पुगेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका एक जना १८ बर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै उक्त संख्या बढेर १२१ पुगेको हो । संक्रमित १२१ मध्ये ९९ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश नम्बर ५ मा संक्रमितको संख्या सवैभन्दा बढी रहेको छ । जसअनुसार प्रदेश नम्बर ५ मा संक्रमितको संख्या ४० पुगेको छ भने त ... read more...

  • १० जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९ ) बाट संक्रमित हुनेको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमण थप १० जनामा पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा कपिलबस्तु यशोधरा गाउँपालिका वडा नम्बर-५ र बुद्धभूमि नगरपालिका वडा नम्बर-७ निवकासी क्रमशः १ ... read more...

  • थप एक महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११० पुग्यो

    काठमाडौं । कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकी महिला उदयपुरस्थित त्रियुगा नगरपालिका वडा नम्बर-३ झुल्केकी हुन् । शनिबार गरिएको परीक्षणमा ४३ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ । आज बिहान गरिएको परीक्षणमा उदयपुरकै तीन जना महिलामा संक्रमण देखिएको थियो । योसँगै नेपालमा संक्रम ... read more...

  • नेपालमा निको हुनेको संख्या ३१, ७८ जना विरामी उपचारत

    काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित विरामी निको हुनेको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १०९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, अहिले मुलुकभर रहेका विभिन्न अस्पतालमा संक्रमित ७८ जना उपचारत रहेको तथा उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । त्यसैगरी, स्वपरिक्षण विधिमार्फत गरिएको जाँचमा ३४० जना रेड जोन ... read more...

  • संक्रमित हुनेको संख्या १०९ पुग्यो, सबैको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १०९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणका क्रममा नयाँ ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा  उदयपुर झुल्के निवासी १८, ४५, ६५ बर्षका महिला, कपिलबस्तु निवासी १७, १८ र १८ का पुरुष र पर्सा छपकैया निवासी ६२ ब ... read more...

  • नेपालमा संक्रमितको संख्या १०२, घर फर्किनेको संख्या ३० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या थप एक जना बढेसँगै १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत भेरी अञ्चलमा गरिएको परीक्षणमा आज थप एक जना १६ बर्षीय युवकमा संक्रमण पुष्टि भएको जनाएको छ । हालसम्म भेटिएको संक्रमितमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यसैबीच, आज बिराटनगरस्थित कोरोना बिशेष अस्पतालबाट आज ८ जना बिरामी निको भएर घर ... read more...

  • १६ र २२ बर्षीय दुई युवालाई संक्रमण पुष्टि, संक्रमितको संख्या १०१

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तु-८ का १६ र २२ बर्षीय दुई जना युवामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंको टेकुस्थित रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आज भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित दुवै युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भए ... read more...

  • संक्रमितको संख्या ९९, संभावित खतराको सूचीमा ३३५ जना

    काठमाडौं । नेपालमा संभावित संक्रमित अर्थात कोरोना संक्रमणको खतरा रहेका ब्यक्तिहरुको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयले प्रयोगमा ल्याएको स्वपरिक्षण विधिको माध्यामबाट आफ्नो स्वास्थ्य चेकजाँच गराउने दुई जना आज रेड जोनमा परेका छन् । रेड जोनमा परेका ब्यक्ति संभावित संक्रमणको खतरा रहेको हुन्छ । उनीहरुमा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि रेड जोनमा राखिन्छ । ने ... read more...

  • विराटनगरस्थित कोरोना अस्पतालमा उपचारत ६ जना निको भएपछि डिस्चार्ज

    काठमाडौं । विराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचारत ६ जना संक्रमित निको भएपछि बुधबार डिस्चार्ज भएका छन् । उदयपुरस्थित मस्जिदमा भेटिएका १२ भारतीयमध्ये ६ जनाको रिपोर्ट नगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरु सवैजना भारतीय नागरिक र धर्मप्रचारक हुन् । अस्पतालले बिहान विशेष कार्यक्रम आयोजना गरेर उनीहरुलाई बिदाई गरेको हो । उक्त कार्यक्रममा उपचारत ६ जनाको रिपोर्ट नगेटिभ आएक ... read more...

  • निको भएर घर फर्किएका १९ बर्षीय युवक पुनः अस्पतालमा भर्ना

    रौतहट । कोरोना मुक्त भएको भनिएका रौतहट इशनाथ नगरपालिका वडा नम्बर-४ का १९ बर्षीय युवकलाई पुनः अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको बताइएको छ । अस्पतालमा भर्ना भएको १४ दिनपछि अर्थात गत बैशाख १४ गते ठिक भएको भन्दै घर पठाइएका ती युवकलाई पुनः अस्पतालमा भर्ना गरिएको हो । भारतबाट आएका ती युवकलाई परीक्षणका क्रममा पोजे ... read more...

  • संक्रमितको संख्या ५९ पुग्यो, उपचारत ४३ जनाकै अवस्था सामान्य

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिडा-१९) बाट थप दुई जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै अब नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सुमितकुमार अधिकारीले गराएको पछिल्लो जानकारी अनुसार नेपालगञ्ज र रुपेन्देहीमा एक-एक जना संक्रमित भेटिएका हुन् । संक्रमण पुष्टि हुनेमा रुपेन्देहीका २५ र नेपालगञ्जका ६० बर्षीय पुरुष रहेका छन् । उनीहरुको ... read more...