• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • काँग्रेसले यसरी औंल्यायो ६ महिनाभित्र सरकारले गरेका ७ गल्ती

    काठमाडौं । नेपाली कांग्रेस पार्टीले ६ महिनामा ७ वटा मुद्दामा सरकार चुकेको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । प्रवक्ता शर्माले भने,‘गत वर्ष फागुन ३ गते गठित वर्तमान सरकारले आजै भदौ ३ का दिन ६ महिना पुरा गरेको छ । सय दिन र वर्ष दिनमा सरकारको समिक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयम् सरकारले ... read more...

  • 'अलोकप्रिय काम गर्दै सरकार, नसच्चिए सडक र सदनमा संघर्ष गर्छौं'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आफैले सिफारिश ग ... read more...

  • 'सुशासनको आधारशीला तयार', प्रधानमन्त्रीले गरे पाँच भाषामा ट्वीट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताएका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले भने, 'सुशासन र विकासको आधारशीला तयार भएको छ ।' प्रधानमन्त्रीले विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका हुन् । उनले नेपाली, अङ्गे् ... read more...

  • 'कामु प्रधानन्यायाधीश जोशी होईनन्, मिश्र हुन्' 

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन् । उनले भने,‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो । प्रधानन्यायाधीशमा अस्विकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन् । हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै क ... read more...

  • 'फोटो खिच्न,अडियो-भिडियो गर्न नपाए पत्रकारले कसरी काम गर्छन् ?'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवम् कानूनविद् रामनारायण बिडारीले पत्रकारमाथिको अंकुशलाई सामान्य रुपमा लिएर त्यसलाई सकारात्मक रुपमा बुझ्न पनि आग्रह गरेका छन् । उनले भने,‘हामी प्रेस स्वतन्त्रता, जनताका स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताकै लागि जीवनभर लडेका हौं, आगामी दिनमा पनि हामी पत्रकारहरुसँगै छौं, कुनै व्यक्तिको गोपनियता भंग हुनेगरि फोटो खिच ... read more...

  • सक्रिय नेतालाई रोक्ने प्रयास भएपछि नेकपाभित्र ठूलो आक्रोश

    काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टीहरू एकीकरण भएसँगै असन्तुष्टिहरू दिन प्रतिदिन बढ्न थालेको छ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नो कब्जामा राखेपछि समस्या उत्पन्न भएको हो । नेकपाका एक हजारभन्दा बढी जनप्रतिनिधिलाई पार्टीबाट बाहिर राख्ने तयारी ओली गरेका छन् । ओलीको यो योजनालाई दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सा ... read more...

  • 'लोकतन्त्र' रक्षाका लागि मुकाविला गर्ने रणनीति तयार पार्दै काँग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूमा बेचैन पैदा भएको छ । हुनतः कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको सन्देश बाहिरी रुपमा आएको छैन् । बाहिर दिएको सन्देश जस्तो सजिलो अवस्था कांग्रेसभित्र छैन् पनि । सभापति शेरबहादुर देउवाको निरंकुशता देखाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अ ... read more...

  • ‘प्रचण्डले प्रसाईकहाँ जाऊँ भने ’ मार्सी प्रकरणपछि प्रसाई सम्पर्कविहीन

    काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रह आन्दोलन चलिरहेका बेला पूर्वएमालेआवद्ध पत्रकार भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए,‘बासमती चामलको भात खानेले मार्सी चामलको बिरोध गरे ।’ यसपछि सत्याग्रहको पक्षमा सडकमा रहेका सर्वसाधारणलगायतले सरकारको अझ आलोचना गरे । सरकार झुक्यो र डा. केसीसँग ९ बुँदे सहमति भयो, २२ बुँदा चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि सरकार तयार भयो । प्रधानम ... read more...

  • विप्लव बन्दको प्रभावः एकाविहानै उपत्यकामा 'बम आतंक'

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले उपत्यकाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकाका अधिकांश विद्यालयहरु बन्द भएका छन् भने सडकमा नीजि सवारी कम मात्रमा देखिएका छन् । विप्लव नेतृत्व माओवादीले आफ्ना नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गत मंगलबार पक्राउ गरेपछि नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थिय ... read more...

  • नेपाल र पौडेलको चीनसँगको निकटता यसरी बन्दै 'खतरनाक'

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको चीनसँगको निकटतालाई शंस्कापद दृष्टिकोणले हेरिन थालिएको छ । उनको पटक-पटक चीन भ्रमण र चिनियाँसँगको निकटता बढिरहेकै क्रममा नेपाल-चीन पारस्परिक सहयोग समाजको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएको पिपुल्स कांग्रेसका उपाध्यक्ष मिस्टर ताईको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भक्तपुर दरबार स्क्वायरमा स ... read more...

  • केपीले भने,'संयन्त्रको नेतृत्व लिनुस्', 'म त्यस्तो संयन्त्रमा बस्दिन': केसी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काम गर्न आग्रह गरे । आफ् ... read more...

  • लेखा समितिको सभापतिमा शाहको दावी

    काठमाडौं । संसदीय समितिमध्ये पनि महत्वपूर्ण र सत्तापक्षलाई खबरदारी गर्ने लेखा समितिको सभापतिमा भरत शाहले दाबी गरेका छन् । लेखाशास्त्रमा मास्टर डिग्री हासिल गरेका शाहले लेखा समितिमा २०५६ सालदेखि काम गरेको अनुभव भएको भन्दै उनले दावी गरेका हुन् । राज्यको ढुकुटीमा सत्तापक्षबाट हुने भ्रष्टाचार तथा अनियमितताको बारेमा खरोरुपमा उत्रिन सभापति दरिलो हुनुपर्ने भएकाले पनि सो पदमा आफु उपयुक्त हुने उनले बताए । ... read more...

  • महासचिव पौडेललाई ओली भन्दा प्रचण्ड प्यारो लाग्न थालेपछि...  

    काठमाडौं । दुईतिहाई बहुमतको नेकपाको सरकारले नेपाली कांग्रेसको सुझाव र दवावहरूलाई खासै ध्यान दिन चाहेको छैन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले सच्चिन भन्दै पटक-पटक दवाव दिंदै आएको छ । तर, ओलीका मन्त्री र नेकपाका नेताहरूमा सुधारको कुनै संकेत देखिएको छैन् । ओली सरकारका मन्त्रीहरू रविन्द्र अधिकारी, लालबाबु पण्डित, रघुवीर महासेठ, ईश्वर पोखरेलले आफ्नो बानीमा सुधार गर्न नसकेक ... read more...

  • ‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

    काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए । सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले ने ... read more...

  • मोदीका ‘आर्थिकदूत’सँग पूर्वराजाको ‘डिमान्ड’, हिन्दूत्व स्थापना

    काठमाडौं । सन् २०१९ को निर्वाचनमा बहुमतका साथ सरकार बनाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दूत्व स्थापनाका लागि निर्मलनिवासलाई सहयोग गर्ने भएका छन् । यसको चाँजोपाँजो मोदीका ‘आर्थिकदूत’ सिद्धार्थ अम्बानीले मिलाउने भएका छन् । अम्बानीले मोदीका लागि आगामी लोकसभा निर्वाचनमा अर्बौं सहयोग गर्दैछन् । उनी जर्मनमा २५ अर्ब डलर भन्दा बढिको व्यापारमा आवद्ध ‘दामी’ व्याप ... read more...

  • कोषको नियुक्ती अवैध, 'प्रधानमन्त्री ओलीले गरेको बाचा पुरा गरेनन्'

    काठमाडौं । सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज ब्रजाचार्यले परम्परा मुल्य र मान्यताविपरित लुम्बिनी विकास कोषको सदस्य सचिव नियूक्ति गरेको भन्दै बिरोध जनाएका छन् । उनले पत्रकार सम्मेलन गर्दै सरकारले बुद्ध धर्म र मुल्य मान्यतालाई बेवास्ता गरि लुम्बिनी विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियूक्ति गरेको भन्दै बज्राचार्यले आपत्ति जनाएका हुन् । उनले भने,‘लुम्विनी विकास कोषको सदस् ... read more...

  • 'प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले प्रधानमन्त्री ओलीमा नैतिकता भए प्रधानन्यायाधीश प्रकरणमा सार्वजनिक माफ ... read more...

  • काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

    वालिङ । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६ बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प् ... read more...

  • 'अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार'

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम विधिपूर्वक योग्यताका आधारमा संसद ... read more...

  • 'सभामुख' साझा बन्न नखोजेपछि बैठकमा काँग्रेस सांसद अनुपस्थित

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि म ... read more...