• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

खेलकुद

  • खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नती भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन् । खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए । सो अवसरमा ... read more...

  • बागमती गाउँपालिका अध्यक्ष कप प्रतियोगिता हुने

    काठमाडौं । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गाउँपालिका 'अध्यक्ष कप' खुला फुटबल प्रतियोगिता असोज २९ गतेदेखि हुने भएको छ । नकआउट प्रतियोगितामा अनुमाति २२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष बुद्धराज नेगीले जानकारी दिएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ । आठदिने ... read more...

  • नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते, पुरस्कार राशीमा बृद्धि

    नेपालगञ्ज । क्रियटिभ ह्याण्ड्सले 'शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता' मुल नाराका साथ आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी तीब्र पारेको जनाएको छ । नेपालगन्ज म्याराथनको यो पाँचौं संस्करण हो । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गर्न थालिएको हो । बिभिन्न सरोकारवालासँगको परा ... read more...

  • तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

    काठमाडौं । तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सम्पन्न भएको छ । सहभागीलाई सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटिका सदस्य राम अवाले, तेक्वान्दो संघका महासचिव दिपराज गुरुङलगायतको उपस्थिति रहेको थियो । कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्ष ... read more...

  • बूढानीलकण्ठलाई बीएमके खुला पुरुष बास्केटबलको उपाधि

    काठमाडौं । बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । समूह ‘ए’ म ... read more...

  • कीर्तिपुर फाइनलमा प्रवेश

    काठमाडौं । पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा कीर्तिपुर फाइनलमा प्रवेश गरेको छ । दोश्रो सेमिफाइनलमा कीर्तिपुरले गोल्डेनगेटलाई ७०–६२ ले पराजित गर्यो । कीर्तिपुरका सिद्धार्थ महर्जनले २२ अंक जोडे । पहिलो क्वाटरमा २२–१७ को अग्रता लिएको कीर्तिपुर दोश्रोमा ९–१६ ले पछि पर्यो । कीर्तिपुरले तेश्रोमा २४–१८ तथा चौथोमा १५–११ को प्रदर्शन गर्यो । उपाधिका लागि कीर्तिपु ... read more...

  • क्यानको अध्यक्षमा चन्द र उनको समूह विजयी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार भएको निर्वाचनबाट चतुरबहादुर चन्द निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी विनयराज पाण्डेलाई भारी मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा चन्द ४४ मत ल्याए भने पाण्डेले मात्र १५ मत  । त्यसैगरी, क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले मात्र १७ मत ल्याएर पराजित भए । सचिवमा अशोकनाथ ... read more...

  • पुरुष भलिबल प्रतियोगिता यही असोज १२ गतेबाट

    चौतारा । सिन्धुपाल्चोक जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको पुरुष भलिबल प्रतियोगिता यही असोज १२ गतेबाट सुरु हुने भकाउे छ । चौतारा साँगाचोकगढी नगरपालिक-४ स्थित कालिकादेवी माध्यमिक विद्यालयले विद्यालयका संस्थापकहरुको सम्मानमा स्थापना गरेको 'कालिकादेवी संस्थापक स्मृति कप-२०७६' को प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ... read more...

  • खेलकुद सञ्जालको चियापान तथा शुभकामना कार्यक्रम शनिबार

    काठमाडौं । नजिकिदै गरेको बडादशैं, दीपावली, छट, नेपालसम्वतलगायतक चाडपर्वको उपलक्ष्यमा पूर्वी क्षेत्रिय युवा तथा खेलकुद सञ्जालले चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम गोकर्णेश्वर नगरपालिका प्रमुख मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा हुने संस्थाका अध्यक्ष राजकुमार लामाले जानकारी दिँदै सवैलाई उपस्थित हुन आग्रह गरे । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार वि ... read more...

  • पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिता: गोर्खा ब्वाइजलाई सफलता

    काठमाडौं । गोर्खा ब्वाइजले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । गोर्खा ब्वाइजले अन्नपूर्णलाई ५५–५० ले पराजित ग¥यो । गोर्खा ब्वाइजका आयुश महर्जनले १७ अंक जोडे । पहिलो क्वाटरमा गोर्खा ब्वाइज १०–१२ ले पछि परेको थियो । त्यसपछिका दुई क्वाटरमा अग्रता लिएको गोर्खा ब्वाइजले १५–११ र १९–९ अंक जोड्दै जितको आधार खडा गरेको थियो । चौथो क्वाटरमा ग ... read more...

  • सिनियर अन्तर्राष्ट्रिय ग्रेड-४ टेनिस प्रतियोगिता शुरु, थापाको विजयी सुरुवात

    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतर्फ भारतीय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात ... read more...

  • गोदावरीमा भोली रनिङ फेस्टिबल हुँदै

    काठमाडौं । बेस क्याम्प आउटडोर लाइफ स्टायलको आयोजनामा गोदावरी रनिङ फेस्टिबल भोली शनिबार हुने भएको छ । फेस्टिबलमा ३० किलोमिटर तथा १५ किलोमिटर ट्रेल रेस हुने छ । ३० किलोमिटरमा ५० तथा १५ किलोमिटरमा ९० जनाको सहभागिता रहने परेश श्रेष्ठले जानकारी दिए । त्यस्तै अप्टिकल कोर्स रेस तथा २ किलोमिटर किड्स रन पनि हुने छ । फोटोः गुगल फाइल ... read more...

  • यू-१८ च्याम्पियनसिप फुटबलः माल्दिभ्ससँग नेपालको बराबरी

    काठमाडौं । यू-१८ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भएको पहिलो खेलमा माल्दिभ्सको गोललाई नेपालले पनि जवाफ फर्काएपछि बराबरीमा सकिएको छ । माल्दिभ्सका लागि कप्तान हसन नजिमले गोल गरेका थिए भने नेपालका लागि मनीष डाँगीले । हलचोकस्थित एपिएफको खेलमैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको हो । माल्दिभ्सका कप्तान हसनले खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएता पनि ७४ औं मिनेटम ... read more...

  • शुक्रबारदेखि काठमाडौं तेक्वान्दो च्याम्पियनसिप

    काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने उक्त च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकार ... read more...

  • अष्ट्रेलियन तेक्वान्दो नेसनल च्याम्पियनशिप-२०१९: स्पन्दन थापालाई रजत

    अष्ट्रेलिया, गोल्ड कोष्ट । अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा एक जना नेपाली खेलाडीले रजत पदक प्राप्त गरेका छन् । अष्ट्रेलियन तेक्वान्दो नेसनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका हुन् । अष्ट्रेलियाको गोल्ड कोष्टमास्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले आफ्नो प्रतिद्व ... read more...

  • उपत्यका व्यापी सडक दौड प्रतियोगितामा ईश्वर र सरस्वती प्रथम

    काठमाडौं । सैनिक आवसीय माविका ईश्वर बस्नेत र विश्व निकेतनकी सरस्वती बोहरा उपत्यका व्यापी सडक दौड प्रतियोगितामा पहिलो भएका छन् । छात्रमा ईश्वर तथा छात्रामा सरस्वती पहिलो भएका हुन् । छात्रमा ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ईश्वरले निर्धारित दूरी १७ मिनेट ४४.१२ सेकेन्डमा पूरा गरे । जेसिस माविका सागर श्रेष्ठ ... read more...

  • कोटेश्वरलाई २६ स्वर्ण

    काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले नवौं कोटेश्वर अन्तर डोजाङ जुनियर तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक २६ स्वर्ण जितेको छ । पेप्सीकोलामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा विभिन्न १३ डोजाङका २ सय २६५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरेको डोजाङ प्रमुख एवं तेक्वान्दो सहायक मुख्य प्रश ... read more...

  • पर्यटकीय नगरी पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने

    पोखरा । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ । महासंघले शुक्रबार पोखरामा रहेका विभिन्न मिडियाका सञ्चालक तथा सञ्चारगृहमा कार्यरत पत्रकारहरुसंग सोही प्रतियोगिताका बारेमा छलफल गरेको छ । छलफल कार्यक्रममा महासंघका अध्य ... read more...

  • युवा आरोही प्रकाशराज सागको लोगो र मस्कट बोकेर मनास्लु जाने

    काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मनास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण ग ... read more...

  • दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम प्रारम्भ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम सोमबारदेखि प्रारम्भ गरेको छ । आज राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरे । सो अवसरमा सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने ... read more...