• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

खेलकुद

  • प्रहरीले जित्यो 'राष्ट्रिय महिला भलिवल प्रतियोगिता' को उपाधि

    पोखरा । नेपाल प्रहरीको महिला भलिवल टिमले पोखरामा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा आज भएको फाईनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रहरीको महिला भलिवल टिमले उपाधि जितेको हो । नेपाल प्रहरीले न्यू डायमण्डलाई २५-१६, २५-१४ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । विजय खेलाडी र प्रशिक्षकलाई नेपाल सरकारका युवा तथा खे ... read more...

  • ‘साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयूक्त छ’

    पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार सिलवालले साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयूक्त रहेको बताएका छन् । सदस्य-सचिव सिलवालले दोबिल्लास्थित सहारा एकेडेमीकोे भ्रमणपछि सहारा एकेडेमीको खेल मैदान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्रशिक्षणका लागि उपयूक्त भएको बताएका हुन् । उनले सहारा एकेडेमी निकै रमणिय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साग महिला फुटबल प्रशिक्षणको लागि ... read more...

  • सागलाई २० टेबल टेनिस खेलाडीको प्रारम्भिक छनोट

    काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । पुरुष-महिलामा समान १०–१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम ... read more...

  • भारतसामु नेपाल निरिह: ७ गोल खाएर नेपाल बन्यो उपविजेता

    काठमाडौं । आज भारतको कल्याणी रंगशालामा सम्पनन भएको साफ यू-१५ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल घरलु टोलीसँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै प्रतियोगिताको उपविजेता बनेको छ भने भारत च्याम्पियन बनेको छ । भारतको जितका लागि टाइसन सिंहले दुई तथा महेसन, अमन दीप, सिवजित सिंह, हिमान्सु जंगा्र र सिद्धार्थले एक-एक गोल गरेका थिए । खेलको १५ औं मिनेटमा महेसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । य ... read more...

  • योङमुदो टोली दक्षिण कोरिया जाँदै

    काठमाडौं । दक्षिण कोरियाको छुन्जु शहरमा अगस्ट २७ देखि सेप्टेम्वर ७ सम्म आयोजना हुन गैरहेको ‘छुन्जु वल्र्ड मार्शल आर्टस मास्टरसिप २०१९’ सहभागिता जनाउने खेलाडी तथा पदाधिकारीलाई नेपाल योङमुदो संघले विदाई गरिएको छ । नेपाल योङमुदो संघले साउन १० गते ब्राइटर फ्युचर स्कुल नैकापमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले खेलाडीहरुलाई टीका तथा खादा लगाए ... read more...

  • साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

    काठमाडौं । साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई, सुगन जिमी र प्रदिप लम्सालले एक-एक गोल गरेका थिए । त्यसका बदलामा बंगलादेशका मियाँले एक गोल फर्काए । नेपालले दोस्रो जित निकालेसँगै ३ खेलबाट ६ अंक जोडेको छ ... read more...

  • नेपाली धावक निमेश गुरुङलाई तेस्रो स्वर्ण पदक

    काठमाडौं । चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण पदक जितेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए । निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । उनले ची ... read more...

  • एनटीए च्याम्पियन: खेलाडीलाई सम्मान

    काठमाडौं । आयोजक नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) चौथो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो भने २ स्वर्ण र ३ कांस्यका साथ फेरिल्यान्ड दोश्रो भयो । तेश्रो भएको अल्पाइनले १ स्वर्ण, ५ रजत र ४ कांस्य हात पार्यो । प्रतियोगिताको समापनका अवसरमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अ ... read more...

  • चीन र भारतलाई पछि पार्दै नेपाली धावक निमेषले जिते दोस्रो स्वर्ण

    काठमाडौं । चीन र भारतका खेलाडीलाई पछि पार्दै नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन् । चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष सिंगापुर पुलिस फोर्समा कार्यरत रहेका छन् । निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा भारत र चीनका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन् । भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात ... read more...

  • जावलाखेल क्लबको अध्यक्षमा महेन्द्र क्षेत्री विजयी (नामावलीसहित)

    ललितपुर । ललितपुरको चर्चित जावलाखेल युवा क्लवको निर्वाचनमा अध्यक्ष पदमा महेन्द्र क्षेत्री निर्वाचित भएका छन् । निर्वाचनमा ३८७ मत मतदाता नामावली भएता पनि ३७७ मात्र मत खसेको थियो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २४१ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी अध्यक्षका प्रत्यासी निबर्तमान अध्यक्ष ठुलो भाई केसीले १३१ मतमा चित्त बुझाए । त्यसैगरी, महासचिवमा पवन गिरीले १९५ मत ल्याएर विजयी भए भने उनको ... read more...

  • मध्यम दूरीका धावक अजितकुमार यादवलाई मोटरसाइकल पुरस्कार

    काठमाडौं । नेपाल एथलेटिक्सले मध्यमदूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल प्रदान गरेको छ । हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम ... read more...

  • विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा भव्य स्वागत

    कास्की । पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उनको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए । नेपालका सबै ठाउँमा तेक्वान्दो खेल्न सकिने भन्दै नेपालमा यो खेलको राम्रो विकास हुन सक्ने सम्भावना औल्याए । उनले नेपाली खेलाडीहरु पनि ... read more...

  • पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता हुने

    काठमाडौं । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहने सेबका संस्थापक प्रिन्सिपल युवराज थापाले पत्रकार सम्मेलनमा जानकारी गराए । सहप्रयोजकमा मास्टर फेन्सिङका महेन्द्र छन्त्याल रहेका छन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेश्रोले २५ ह ... read more...

  • चौथो गेविन तेक्वान्दो च्याम्पियनसिपमा आयुश र रिमालाई स्वर्ण

    काठमाडौं । चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण जितेको छ । नेपाललाई दुई स्वर्ण पदक जिताउने खेलाडी आयुश ढुंगेल र रिमा खत्री हुन् । अगष्ट २ देखि ४ तारिखसम्म भएको उक्त प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रिमाले महिला ३६ केजी मुनिमा स्वर्ण पदक जितेका हुन् । आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जितेका थिए । व्यक्तिगत पुम्सेमै चन्दु शाही ... read more...

  • तेक्वान्दो नखेलि खेलकुद मन्त्री विश्वकर्मालाई सातौं डान

    काठमाडौं । विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई शनिबार मानार्थ सातौं डान प्रदान गरेको छ । नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मालाई उक्त डान प्रदान गरेका हुन् । महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइ रहेका अभिभावक ... read more...

  • मोसेन खान स्मृति फुटबलको तयारी

    काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स ए साइड डे/नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ । नकआउट प्रतियोगितामा काठमाडौंका १६ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चावहिलमा रहेका खान परिवारहरुको प्राय ... read more...

  • अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका खड्कालाई कास्य पदक

    थाइल्याण्ड, बैंकक । ५ औं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका रोहिन्द्र विक्रम खड्काले कास्य पदक जितेका छन् । थाइल्याण्डको बैंककमा जुलाइ २७-२८ मा भएको उक्त प्रतियोगितामा उनले ७०-८० तौद समूह अन्तर्गत कास्य पदक जितेका हुन् । पहिलो फाइट भारतीय खेलाडी सन्तोष गुल्दकरलाई नकआउट गर्दै उनी सेमिफाइनलमा पुगेका थिए । फिलिपिन्सका माक यन्थोनी बेनोजासँग पराजित हुँदै उनले कास्य पदक जितेक ... read more...

  • नेपालको टी–२० विश्वकप खेल्ने सपनामा पूर्णविराम

    काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्व कप क्रिकेट, एसिया छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएको छ । सिंगापुरसँग नेपालले हार ब्योहोरेसँगै नेपालको टी–२० विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको छ । नेपाल र सिंगापुरबीच आज भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि जित्न सफल भयो । सिंगापुरले उत्कृष्ट खेल खेलेकै कारण विश्वकपको ग्लोबल छनोटमा पनि स ... read more...

  • सदस्य सचिव सिलवालले गरे मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिन थालेका छन् । सागमा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसंगको छलफल पनि संगसंगै अगाडि बढाइरहेका छन् । सो क्रममा पूर्वाधारको निरीक्षण गर्ने क्रममा शुक्रबार सदस्य-सचिव सिलवालले मुलपानी अन्तर्राष ... read more...

  • राखेपद्वारा टेनिस कोर्ट हस्तान्तरण

    काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लनटेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका सदस्य-सचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त साँचो नेपाल टेनिस संघकी अध्यक्ष ज ... read more...