• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

खेलकुद

  • अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् रेफ्री क्षेत्रीलाई 'मानर्थ राजदूत' को उपाधि

    सउल, दक्षिण कोरिया । अन्तर्राष्टिय तेक्वान्दो खेलाडी, प्रशिक्षक एवम् रेफ्री राजु क्षेत्रीलाई दक्षिण कोरियाको पोचान महानगरपालिकाले मानर्थ राजदूत नियुक्त गरेको छ । कोरियामा यस्तो उपाधि पाउने तेक्वान्दो प्रशिक्षक क्षेत्री पहिलो नेपाली हुन् । यसअघि उनले तेक्वान्दो खेलको विकासका लागि दिएको उत्कृष्ट योगदानलाई ध्यान राख्दै सन् २०१३ मा साउथ कोरियाको सउल महानगरपालिकाले क्षेत्रीलाई मानर्थ नागरिकता समेत प्रद ... read more...

  • हेपिए महिला क्रिकेटर: 'खेल एकै तर राज्यको ब्यवहार फरक'

    काठमाडौँ । खेल एउटै हुन् । हारजीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्व ... read more...

  • हस्ताक्षर: 'नेपाली फुटबलको पूर्वाधार विकासमा अब चीनको सहयोग'

    काठमाडौँ । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वा ... read more...

  • खेल संघहरुको विवाद अन्त्य वा खारेजीमा जानुपर्ने बाध्यता

    काठमाडौँ । लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो । समितिको संयोजक रहेका तिम्सिनाले आफू अध्यक्ष रहेको उक्त सङ्घलाई मोर्डन पेन्टाथलन महासङ्घ नेपालसँग एकीकरण गरी विवाद अन ... read more...

  • महिला विश्वकप क्रिकेटको एसिया छनोट खेल: नेपाल सात विकेटले विजयी

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइ ... read more...

  • पुल्चोक क्लबमाथि ३-१ गोलअन्तरले खुमलटारको सहज जित

    काठमाडौं । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३-१ गोलअन्तरको सहज जित हासिल गरेको हो । खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने ... read more...

  • विश्वकप क्वालिफायरः नेपालको विजयी शुरुआत

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१-२१ ... read more...

  • महिला एशिया क्वालिफायर छनोट खेलमा के नेपाल छानिएला ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी-२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्ने ... read more...

  • हिरो गोल्डकप महिला फुटबलः नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

    काठमाडौँ । नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का गर्यो । नेपालले उपाधिका लागि शुक्रब ... read more...

  • सावित्रा चम्किएपछि बलियो इरान नेपालसँग पराजित

    काठमाडौँ । हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३-० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । जीतसँगै नेपालको फाइनल यत्रासमेत बलियो बनेको छ । नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९ औँ तथा ८९ औँ मिनेटमा गोल गरिन् । यस्तै अनिताले खेलको ४१ औँ मिने ... read more...

  • शहीद स्मारक ‘बी’ डिभिजन लिगः आज दुई खेल हुँदै

    काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ ।यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थिय ... read more...

  • नेपाली खेलाडीको वरियतामा सुधारः अलराउन्डतर्फ ४० औँ स्थानमा पारस

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् । यसै महिना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ ६ स्थान सुधार गर्दै ९० औँ स्थानमा उक्लेका छन् । अघिल्लो महिना ... read more...

  • गोकर्णेश्वरको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक ... read more...

  • 'अब खेलाडीको छनोट खुला प्रतिस्पर्धाबाट हुन्छ'

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी) द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी गराए । उमेर स ... read more...

  • बूढासुब्बा गोल्डकप आजदेखि शुरु

    धरान । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण आजदेखि धरान-१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेल ... read more...

  • आजदेखि ‘बि’ डिभिजन लिग: मौसमले साथ देला त ?

    काठमाडौँ । आजबाट शुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता मौसमका कारण प्रभावित हुने संभावना बढेको छ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका कारण खेल प्रभावित हुने संभावना बढेको हो । प्रतियोगिता आजबाट एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ । एन्फाका अनुसार प्रतियोगि ... read more...

  • 'निलम्बन फुकुवा भएसँगै सवै खेलाडीले पारिश्रमिक पाउँछन्'

    काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने खुलसा गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सो कुराको खुलसा गरेका हुन् । उनले आइसिसीले दिएको रोडम्याप अनुसार नै क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी ग ... read more...

  • दुवै सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई भब्य स्वागत

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको भब्य स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगा ... read more...

  • टी-२० क्रिकेट सिरिज जित्दै नेपालद्धारा इतिहास कायम

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय ... read more...

  • तेस्रो टी-२० खेल वर्षाका कारण खेल १० ओभरमा झारियो

    काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अन्तिम तथा तेस्रो टी-२० खेल १० ओभरमा झारिएको छ । वर्षा भएपछि निर्धारित समयमा खेल हुन नसकेपछि खेल १० ओभरमा झारिएको हो । १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ शुरु गरेको हो । वर्षा र हावाहुरीले गर्दा नेपाल र युएईबी ... read more...