• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सुरक्षा

  • सहसचिव बुढालाई गृह प्रवक्ताको जिम्मेवारी

    काठमाडौ । गृह मन्त्रालयमा नयाँ प्रवक्ताको जिम्मेवारी वरिष्ट सहसचिव चक्रबहादुर बुढाले पाएका छन् । गृहका प्रवक्ता केदारनाथ शर्माको केहि दिनअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएपछि गृहले प्रवक्ता एवम् शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी सहसचिव बुढालाई दिएको हो ।  बुढा यसअघि मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । शान्तिसुरक्षा महाशाखा हेर्न ... read more...

  • नक्कली सुन काण्डमा डिएसपी तानिए, परिसर प्रमुख ज्ञवाली तानिएनन्

    काठमाडौं । मंगलबार घटेको १५ केजी नक्कली सुन काण्डमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख डिएसपी रञ्जन दाहाल बिहिबार प्रहरी प्रतिष्ठानमा तानिए । उक्त सुन काण्डमा लापरबाही गरेको तथा छानविनमा प्रभावित पार्नसक्ने अनुमानमा उनलाई त्यहाँबाट सरुवा गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनायो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली दरबारमार्ग बृत्तका डिएसपी रञ्जनका हाकिम हुन ... read more...

  • अचानक उपत्यका प्रवेशमा रोक लगाउने गृहको आदेश, यात्रुको अलपत्र

    काठमाडौँ  । गृह मन्त्रालयले 'लकडाउन' खुलेपछि राजधानीमा एकाएक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यकामा कोरोनाको उच्च जोखिम रहेको भन्दै दिउँसोको समयमा समेत चेकजाँचलाई कडाई गर्न आदेश दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्णरोक लगाउन आफ्नो मातहतलाई निर्देशन दिए ... read more...

  • ज्ञवालीमाथि शंका: नक्कली सुन काण्डमा बन्यो छानविन समिति

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीमाथि छानविन हुने भएको छ । मंगलबार राजधानीको कमलादीस्थित भेटिएको १५ केजी सुन नक्कली भएको भन्दै उनले पत्रकार सम्मेलन गरेर जानकारी गराए । तर गाडीबाट झोला फालेर हिँड्ने गाडीलाई न पिछा गरियो, न उक्त गाडीको पूर्णजानकारी माथिल्लो तहमा दिइयो । गाडीबाट फालेको झोलामा रहेको दुई थान हतियार सक्कली भेटियो । सुन भने ५०० ग्राम मात्र सक्कल ... read more...

  • नेपाली सेनाले दियो सशस्त्रलाई ६०० वटा इन्सास राइफल

    काठमाडौं । गत असार १५ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेना आफूले प्रयोग गर्दै आएको ६०० वटा इन्सास राइफल सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।नेपाली सेनाले उक्त हतियार सशस्त्र प्रहरीलाई निशुल्क उपलब्ध गराएको हो । सशस्त्र प्रहरीको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ उक्त हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । सो हतियार यद्धकार्य महानिर्देशक उपरथी राजेन ... read more...

  • नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायत नियुक्त भएका छन् । नेपाल प्रहरीको मुख्यालयले जनसरोकारसँग सम्वन्धित काम कारबाहीलाई यथार्थ तथा सत्यतथ्य खबर विभिन्न सञ्चारमाध्यामसम्म पुर्याउन एसएसपी कडायतलाई प्रवक्ताको रुपमा तोकेको जनाएको छ । बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका रुपमा नियुक्त भएका एसएसपी कडायतलाई कुनै पनि जनगुनासो वा सूचना लिन वा दिनका लागि जो क ... read more...

  • अमेरिकी हतियार सेनाले बोक्ने, सेनाको हतियार सशस्त्रलाई दिइने

    काठमाडौं । नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ । ०५७/५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको ... read more...

  • कार्की र शाही एआईजीमा बढुवा

    काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजीद्धय कार्की र शाहीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।  त्यसैगरी, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ भने रेडियो नेपालको महाप्रवन्धकका रुपमा बुद्धिबहादुर कार्कीलाई नियु ... read more...

  • स्याङजाका एसपीसहित १८ जना प्रहरीलाई कोरोनाको संक्रमण

    स्याङ्जा  । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख (एसपी)  प्रहरी उपरीक्षक सहित १८ जना प्रहरी कर्मचारीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा एक जनामहिला र बाँकी सवै पुरुष रहेका छन् । जिल्ला प्रहरी कायालय स्याङजामा कार्यरत प्रहरी कर्मचा ... read more...

  • अहिलेसम्म २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण

    काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो । जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेक ... read more...

  • प्रहरी मुख्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोनाको संक्रमण

    काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा चार जनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । ‘चार जनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्ष ... read more...

  • दर्जनौं आक्रमणः भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी

    काठमाडौं । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ । सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक ... read more...

  • सेनाले निस्क्रिय पार्‍यो धनगढीस्थित ३ ठाउँमा राखेको प्रेसरकुकर बम

    कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रेसर कुकर बाहिरबाट टेपले बाँ ... read more...

  • प्रहरी र भारतीय तस्करहरुको समूहबीच गोली हानाहान, दुई घाइते

    सुनसरी । बिहिबार राति भारतीय तस्करहरुको समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त गोली हानाहानमा भारतीय दुई जना तस्कर घाइते र तीन जना फरार भएका छन् । प्रहरीका अनुसार देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका छन् । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ । घटना बिहिबार राति सुनसरीको सीमावर्ती क्षे ... read more...

  • सेनालाई अन्तर्राष्ट्रिय सीमा-नाकामा खटाउने कार्ययोजना बन्दै

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ । &ls ... read more...

  • कालापानी तल पनि भारतको सुरक्षा तैनाथी, आवतजावत गर्न रोक

    दार्चुला । दार्चुला क्षेत्रको कालापानीसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगा ... read more...

  • बलात्कारका आरोपित एसएसपीलाई निलम्बन गर्न गृहमा पत्राचार

    पोखरा । चितवनकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई निलम्बनका लागि पत्राचार गरिएको छ । एसएसपी बलात्कारको आरोपमा पक्राउ परेसँगै उनलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहलाई पत्राचार गरेको हो । सशस्त्र प्रहरी मुख्यालय हल्चोकले बलात्कारक ... read more...

  • डिआइजीद्धय शाही र कार्की एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवका लागि सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस पर्ने दुई डिआइजीद्धयमा क्रमशः निरजबहादुर शाही र प्रधुम्नकुमार कार्की रहेका छन् । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले बुधबार साँझ डिआइजीद्धय शाही र कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो । ... read more...

  • एसएसपीमाथि नै बलात्कारको आरोप, प्रहरीले थाल्यो अनुसन्धान

    कास्कीं । बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको छ । एसएसपी अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत थिए । उनीमाथि एक जना महिलाले आफूलाई औषधी खुवाएर बलात्कार गरेको भन्दै मौखिक उजुरी गरेपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । सशस्त्रले पनि बलात्कारको आरो ... read more...

  • विवादास्पद डिएसपी सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं । पटकपटक विवादमा आइरहने नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले डिएसपी सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनमाथि नागरिकता तथा शैक्षिक योग्यता प्रमाणपत्रको जन्म मिति सच्याएको आरोप लागेको छ । सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रमा उल्लेखित जन्म मिति ... read more...