• +977 9841468702
  • info@cpostnews.com

पर्यटन

  • पर्यटकीय नगरी पोखराको दुश्यावलोकन अब ‘हट एयर’ बेलुनबाट

    काठमाडौँ । ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए । 'भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिल ... read more...

  • धरापमा पर्यटन व्यवसाय, केन्द्र सरकारको छुटमा स्थानीयको लुट

    काठमाडौं मकालु वरुण राष्ट्रिय निकुञ्जले क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाई अत्याधिक रुपमा शुल्क वृद्धि गरेकोप्रति ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले विरोध जनाएको छ । आइतबार विज्ञप्ति जारी गदैं शुल्क बृद्धि गरिएकोप्रति आफ्नो गहिरो ध्यानाकर्षण भएको बताएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र प्रवेश गर्ने पर्यटकहरुबाट प्रतिव्यक्ति ३ हजार र क्यापिङ गर्ने पर्यटकहरुबाट प् ... read more...

  • पर्यटकीय नगरी पोखरामा इथियोपियाका पूर्वप्रधानमन्त्री

    पोखरा । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन् । आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव् ... read more...

  • पर्यटकीय गन्तव्य सूचीमा पर्वतका नयाँ 'पाँच स्थान' सूचीकृत

    कुश्मा । थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको हो । यसैगरी कुश्मा ... read more...

  • पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् ।नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उनले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताए । प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरा वरपर ... read more...

  • पूर्वाधार अभावले ओझेलमा राराको सौन्दर्य

    मुगु । कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ । रारा क्षेत्र प्राकृति ... read more...

  • खुम्बु क्षेत्रमा अतिरिक्त शुल्क असुलीको निर्णय फिर्ता लिन टानको आग्रह

    काठमाडौँ । खुम्बु क्षेत्रमा पदयात्राका लागि प्रतिपदयात्रीबाट ५०० आवास शुल्क लिने निर्णय भएकामा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपालले असहमति जनाएको छ । उक्त शुल्क खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय होटल एशोसिएशनको सहमतिमा लागू गरिएको थियो । शुल्कको व्यवस्थाप्रति असहमति जनाउँदै एशोसिएसनले सो क्षेत्रमा धेरै पर्यटक पदयात्रामा जाने हुँदा पूर्व जानकारीविना लगाइएको अतिरिक्त शुल्कले ... read more...

  • पर्यटकको पर्खाइमा पहाड-मधेशको संगमस्थल ‘बेँसीबजार’

    भद्रपुर । पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद् ... read more...

  • सुविधायुक्त सोफा सिट रहेको पर्यटकीय बसमा चर्पीदेखि पिउने कोठासम्म

    काठमाडौँ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ-पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न ... read more...

  • नक्कली आरोहण अनुमति पत्र बनाउने ३ जना समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली आरोहण अनुमति पत्र बनाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेभन समिट ट्रेकस् प्रालिमा कार्यारत निभेश कार्की, फुर्तेन्जी शेर्पा र विजयश्वर अर्याल रहेको ब्यूरोले जनाएको छ । उनीहरु क्रमश उक्त कम्पनीको कानुनी सल्लाहकार, मार्केटिङ म्यानेजर र लेखापाल हुन् । कार्की, शेर्पा र अर्याललाई क्रमशः ठमेल, महाराजगञ्ज र सोलुबाट पक्राउ ग ... read more...

  • 'नेपालकै अग्ला र लामा पुल भएको पर्वतमा अर्को लामो र अग्लो पुल'

    पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ ... read more...

  • इन्द्रावती र सुनकोसी नदीको सौन्दर्य यसरी बन्दै छ कूरुप

    सिन्धुपाल्चोक । पर्यटक र फिल्म छायाँकनका लागि कुनै समय निकै चर्चामा रहने इन्द्रावती र सुनकोसी नदी दोहनका कारण सौन्दर्य कूरुप बनेको छ । नदीको सौन्दर्य कूरुप भएसँगै अहिले कुनै पनि म्यूजिक भिडियो, फिल्म तथा टेलिफिल्मको छायाँकन हुन छाडेको छ । कुनै बेला दुवै नदी किनाराका बस्तीसँगै हरियाली वाताबरण थियो । अहिले नदीको धार बदलिएको छ, सुसेल्दै बग्ने नदीको छाल धमिलो पानीमा परिणत भएको छ, जसका कारण प्राकृतिक स ... read more...

  • पर्यटन र शान्तिका लागि 'द भ्याली अफ लाइट' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । ‘द भ्याली अफ लाइट’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियो नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको उक्त भिडियो युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले संयुक्त रुपमा सा ... read more...

  • राजधानीमै प्याराग्लाइडिङको मजा लिँदै स्वदेशी तथा विदेशी पर्यटक

    काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका-२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो । हिमाली शृंखलाका साथ ... read more...

  • ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यल ... read more...

  • पर्वतारोहण संघमा अध्यक्ष लामाको मनोमानी, उजुरी हाल्ने तयारी

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) भित्र बेतिथि र नेतृत्वको अराजकता विरुद्ध अधिकांश कार्यसमितिका सदस्यहरु असन्तुष्ट बनेका छन् । संघको नेतृत्व गरिरहेका अध्यक्ष सन्तबीर लामाले मनोमानी ढंगले काम गर्न थालेपछि अधिकांश कार्यसमितिका सदस्यहरुले राजिनामा दिन मुडमा पुगेका हुन् । संघमा बरिष्ठ कर्मचारीको आवश्यकता परेको भन्दै निकालिएको सूचना संघका अध्यक्ष लामाले आफूखुसी निकालेको भन्दै विवाद उत्पन्न भएको थ ... read more...

  • त्रिअवि 'रडार'मा कार्यरत कर्मचारीलाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

    काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रडार कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई कर्मचारीहरुमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । सोमबार अपरान्ह सिंहदबारस्थित मन्त्रालयमै पुगेर कँडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै राडारमा कार्यरत कर्मचारीले गलत सूचना ... read more...

  • प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल 'हलेसी'

    खोटाङ । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, ... read more...

  • २४ सैं घण्टा खुल्दै, सिसीटिभीको निगरानीमा ठमेल र दरबारमार्ग

    काठमाडौँ । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्रशासन कार्यालय ... read more...

  • हावा-हुरीका कारण प्याराग्लाइडिङ अनियन्त्रित भएपछि फेवातालमा खस्यो

    कास्की । प्याराग्लाइडिङ् गर्ने क्रममा तालमा खसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका-६ स्थित फेवातालमा खसेको दुई जनाको एपीएफक टोलीले उद्वार गरेको हो । लेखनाथ महानगरपालिका-१८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा-हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए । उक्त दुुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल क ... read more...