सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिने सव-इन्जिनियर पक्राउ
काठमाडौं । सेवाग्राहीसँग घुस लिने मकवानपुरका एक जना सव-इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौडा मकवानपुरका सव-इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ५० हजार घुससहित उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न भएपश्यात् धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि रकम माग गरेको सूचना प्राप्त ... read more...