• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

भ्रष्टाचार

  • घुस लिने ६ प्रहरी निलम्बित, घुस दिन खोज्नेलाई कारवाही

    सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापा ... read more...

  • १ करोड बढीको चेकसहित प्राधिकरणका उपप्रवन्धक गुप्ता समातिए

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख  रितेश गुप्तालाई पक्राउ गरेको छ । अख्तियारले गुप्तालाई एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको जनाएको छ । भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाको भुक्तानी दिन चेक काटेर काठमाडौं ... read more...

  • भ्रष्टाचारविरुद्ध अख्तियारको ‘स्टिङ अपरेसन’ वैध कि अवैध ?

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अपरेसन’ अवैधानिक भएको दाबी गर्दै दायर भएको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । आफैं पैसा दिएर घुस प्रकरणमा रंगेहात पक्राउ गर्ने क्रम बढेपछि त्यस्तो कामको वैधतामा प्रश्न उठाउँदै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २ पुस २०७४ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा प्रधान ... read more...

  • राजश्व अनुसन्धान बुटवलका कार्यालय प्रमुख घुससहित समातिए

    बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान बुटवलका कार्यालय प्रमुख विजय रानालाई पक्राउ गरेको छ । बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत रानाले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । रानालाई बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ स्थित बुद्धचोकबाट खुड्खा ब्यापारी अनिलकुमार झाबाट रकम बुझ्दै गर्दा अख्तियार पक्राउ गरेको हो । ... read more...

  • अख्तियारको निशानामा स्रोत नखुलेको रकम बोक्ने सरकारी कर्मचारी

    काठमाडौं । यसअघि स्रोत नखुलेको रकम हुण्डी वा कुनै अवैध कामबाट आएको आम्दानी हुनसक्ने आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएका टोलीले त्यस्ता ब्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका थिए । प्रहरी र सशस्त्रले त्यस्ता ब्यक्तिबाट बरामद भएको रकम र ब्यक्तिलाई राजश्वमा बुझाउने गरेका थिए । तर पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिएर छानविन गर्न थाल ... read more...

  • अख्तियारको तथ्यांक भन्छ, 'सबैभन्दा भ्रष्ट प्राविधिक कर्मचारी'

    काठमाडौं । अख्तियारले एक महिनाको अवधिमा विशेष अदालतमा मुद्दा दर्ता गरेकोमध्ये विशेष गरी प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट रहेको पाइएको छ । अख्तियारले गत २७ जेठदेखि १४ साउनसम्म प्राविधिक क्षेत्रका ११ कर्मचारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले कुल २७ करोड १९ लाख ५ हजार ११९ बराबर स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता गर ... read more...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाखौं घुससहित समातिए

    बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई पक्राउ गरेको छ । अख्तियारले विशेष सुराकीको आधारमा उनीहरुमाथि खानतलासी गर्ने क्रममा स्रोत नखुलेको ३ लाख ४८ हजार र ५ लाख ५० हजार रुपैयाँको बैंकका भौचरसहित रुपन्देहीबाट पक्राउ गरेको हो । अख्तियारको बुटवलस्थित कार्यालयका अनुसार उनीहरुलाई ... read more...

  • लाखौं घुससहित तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृत समातिए

    काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट पिछा गर्दै आएको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट १४ लाख घुसको रकमसहित एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय रहेका छन् । अख्तियारले उपाध्यायसँग १ लाख १४ हजार रुपैयाँ नगद र बाँकी रकम बैैंकको खातामा जम्मा गरेको ... read more...

  • दुई जना घुसखोरी ४ लाख रुपैयाँ घुसहित रंगेहात समातिए

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ४ लाख रुपैयाँ घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा कार्यरत दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यलय सहयोगी विश्वनाथप्रसाद लोध र स्थानिय महेन्द्रप्रसाद यादव रहेका छन् । लोध र यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचना पाउने वित्तिकै आयोगको कार्यालय बुटवलबाट खटिएको टो ... read more...

  • बेसीसहर बजारबाट चार लाख घुससहित दुई जना इन्जिनियर

    पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले चार लाख घुससहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले उनीहरुलाई लमजुङ, बेसीसहर बजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भएर मर्स्याङगी गाउँपालिकामा कार्यरत इन्जि ... read more...

  • १६ लाख रुपैयाँ घुससहित कम्यूटर अपरेटर कार्यकक्षबाटै समातिए

    नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटरलाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरूणराज खनाल रहेका छन् । बिहिबार कार्यकक्षबाटै पक्राउ परेका खनालको साथबाट १६ लाख रुपैयाँ घुस बरामद गरिएको अख्तियारले जनाएको छ । उनले विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशनबापतको रकम र चेकसमेत कार्यकक्षमा रहेको भन्ने विशेष सूचनाको आधारमा अख्तियारको ... read more...

  • घटेन घोसखोरीः भ्रष्टाचारविरुद्ध स्टिङ अपरेसन सफल कि असफल ?

    काठमाडौं । भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ ह ... read more...

  • फेरि ७ दिनको म्याद थप, अभियुक्त एसएसपीको हिरासतको बसाई लम्बियो

    कास्की । बलात्कार गरेको अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई पुनः ७ दिनको म्याद थप भएको छ । यसअघि जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यलय कास्कीलाई ७ दिनको म्याद दिएको थियो । पुनः ७ दिनको म्याद थपिएसँगै उनको प्रहरी हिरासतको बसाई लम्बिने निश्चित भएको छ । एसएसपी अधिकारीलाई चितवनकी एक जना महिलाले लट्याउने औषधी खुवाएर बलात्कार गरेको भन्दै प ... read more...

  • घुससहित समातिए नगरपालिकाका प्रशासकीय अधिकृत र सबइन्जिनियर

    ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको छ । अख्तियारले जैसी र मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो । उनीहरुले निर्माणको काम सकेपछि भुक्तानी लिने बेलामा घुस मागेको उजुरी परेसँगै अख्तियारको टोलीले उनीहरुलाई पछ्याइरहेको थियो । सोही क् ... read more...

  • एक लाख घुससहित जिरो किलोमिटरबाट इञ्जीनियर रङ्गेहात पक्राउ

    बलेवा । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए । अ ... read more...

  • ५ लाख घुस लिन पुगेका मेयरका छोराको हातमा हत्कडी, मेयर तानिए

    लहान । कल्याणपुर नगरपालिकाका मेयरका छोरालगायत दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ । उनीहरुलाई लहान नगरपालिका वडा नम्बर-२२ राजदेवी चौकमा रहेको एक पेट्रोल पम्पमा घुस रकम लेनदेन गरिरहेकै पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा सन्त मण्डल र जितेन्द्र महतो रहेका छन् । बुधबार दिउँसो पक्राउ परेका मण्डल सिरहा कल्याणपुर नगरपालिकाका मेयर सूर ... read more...

  • डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग ... read more...

  • १३ हजारमा लोभिँदा मालपोतका नायब सुब्बाको हातमा लाग्यो हत्कडी

    राजविराज । जिल्ला मालपोट कार्यालय सप्तरीका नायब सुब्बा कृष्णबल्लभ ठाकुर मंगलबार पक्राउ परेका छन् । उनले सेवाग्राहीसँग जग्गा सम्वन्धि कागजात सच्याईदिने नाममा घुस मागेको सूचना पाएपछि पुगेको अख्तियारको टोलीले उनलाई १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुर मुद्दा फाँटका प्रशासन प्रमुख समेत हुथिए । उनलाई अख्तियारको क्षेत्रिय कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरलाई ... read more...

  • डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख श्रेष्ठ घुससहित रंगेहात पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठलाई घुससहित रंगेहात पक्राउ गरेको छ । उनले सेवाग्राहीलाई भुक्तानी दिने क्रममा घुस मागेको विशेष सूचनाको आधारमा अख्तियारको टोली उनलाई पछि गरिरहेको थियो । सो क्रममा ९ लाख रुपैयाँ घुस लिँदालिँदै श्रेष्ठ रंगेहात पक्राउ परेको बताइएको छ । थप विवरण भने आउन बाँकी रहेको छ ।  ... read more...

  • नक्कली जग्गाधनी खडा गरेर ३२ बिघा २ कट्ठा १७ धुर जग्गा विक्री

    काठमाडौं । नक्कली जग्गाधनी खडा गरेर ३२ बिघा बढी जग्गा विक्रीमा संलग्न एक जना सहसचिवसहित १३ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनामाथि अख्तियारले ३२ बिघा २ कट्ठा १७ धुर जग्गा नक्कली जग्गाधनी खडा गरेर विक्री गरेको अभियोग लगाएको छ । नवलपरासीको साबिक सनई गाविस-८ ख कित्ता नम्बर १२१, २५१, २९७ कोे जग्गा हदबन्दी रोक्का रहेको जग्गा न ... read more...