• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

भ्रष्टाचार

  • घुसिया प्रहरी निरीक्षक रायविरुद्ध विशेषमा मुद्दा दर्ता

    काठमाडौं । इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत रहेकै बेला घुससहित पक्राउ परेका प्रहरी निरीक्षक रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । घुससहित पक्राउ परेका रायलाई निलम्बन गरिएको छ । घुस लिएको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनका सञ्चालकबाट रायले १२ हजार रुपियाँ घुस लिएका थिए । उनले निर्माण सामग्री ढुव ... read more...

  • पक्राउ परे २७ जना घुसघोर, अख्तियारको हिरासत खचाखच

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले ल ... read more...

  • खानेपानीका निमित्त कार्यालय प्रमुखसहित चार जना समातिए

    दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय, दैलेखका प्रमुखसहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ल, सव-इन्जिनियर विरेन्द्र चन्द, सव-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डे रहेका छन् । उनीहरुलाई अख्तियारको&nb ... read more...

  • मालपोत लेखापालकोे झण्डै चार करोड अवैध सम्पत्ति, विशेषमा मुद्दा दर्ता

    बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ बराबर ... read more...

  • ५० हजार रुपैयाँ घुसमा लोभिँदा इन्स्पेक्टरका हातमा लाग्यो हत्कडी

    धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले कैलालीबाट एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार रुपैयाँ घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट रहेका छन् । अख्तियारबाट खटिएको टोलीले उनीहरुलाई घुसको नगद ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । अ ... read more...

  • विद्युत प्राधिकरणका ८ भ्रष्ट कर्मचारीविरुद्ध विशेषमा मुद्दा दायर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ८ जना भ्रष्टाचारका आरोपितविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणको सप्टवेयर बिलिङका क्रममा २० लाख रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार विशेष अदालतमा मुद्दा दायर हुने विद्युतका कर्मचारीहरुमा बर्दिवास शाखाका तत्कालीन इन्चार्ज सञ्जीव शर्मावि ... read more...

  • मजाक बन्यो: ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ नारा

    काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन । प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दि ... read more...

  • यसरी गरियो नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा १ करोड ८२ लाख ६ हजार ९ सय भ ... read more...

  • घुससहित समातिए प्रहरी निरीक्षक, थप अनुसन्धान थालियो

    हेटौंडा । इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय निलम्बनमा परेका छन् । प्रहरी निरीक्षक राय एक ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ परेका रायलाई निलम्बन गरेर थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  ... read more...

  • नेपालसहित विश्वभर रहेका २६ हजार बढी नेपाली कोरोना संक्रमित

    लण्डन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका अनुसार मृत्यु भएका तीनै जना कतारमा रहँदै आएका थिए । स्वास्थ्य समितिले यो साता मात्र विदेशमा रहेका १० हजारभन्दा बढी नेपालीहरु कोरोनाको संक्रमणबाट मुक्त भएको जानकारी दिएको छ । डेनमा ... read more...

  • 'कार्यालय प्रमुखकै ‘ग्रिन सिग्नल’ ले कर्मचारी घुस उठाउन उद्यत'

    काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख तथा उपसचिव गोविन्द अधिकारीलाई उनकै मातहत रहेका कर्मचारीको घुस प्रकरणमा जिम्मेवार बनाएर विभाग फिर्ता बोलाइएको छ । हाल उनी छानबिनको घेरामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ... read more...

  • तस्करीको सुन भागवण्डा गरेर लिने चार जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । तस्करीको सुन बरामदपछि सम्वन्धित निकायमा बुझाउनुको सट्टा बाँडीचुँडी गर्ने प्रहरी निरीक्षकसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवास्थित टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध आज मुद्दा दायर गरेको हो । प्रहरी निरीक्षक नेपालसहितको टोलीले चीनबाट तस्करी गरी ल्याएको सुन बरामद गरेपछि गत पुस ११ गते सम्वन ... read more...

  • लाखौं घुससहित डिल्लीबजार मोलपोतका प्रशासकीय अधिकृत समातिए

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलबाट खटिएको टोलीले मामपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरुले गोंगबुको ३ रोपनी जग्गा कित्ताकाट गर्नका लागि प्रतिआना २ लाखको दरले घुस मागेका थिए । अन्ततः सेवाग्राहीसँग घुसबापतको उक्त रकम ८ लाख २० हजारमा बाग्रेनिङ मिलेको थियो । सेवाग्राहीसँग उक्त रकम लिँदैगर्दा उनीहरुलाई अख्तियारबाट खटिएको टोलीले मंगलबार राति प्रशास ... read more...

  • नापी कार्यालयका करोडपति सर्वेक्षकविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा लगाएको छ । अख्तियारले मंगलबार काफ्ले २०५४ सालदेखि २०७६ साल बैशाखसम्म सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबर अवैध सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा चलाएको हो । काफ्लेलाई दुई बर्षसम्म कैद, बिगो बमोजिम जरिवाना र आर्जन गरेको अकुत सम्पत्ति जफत गर्न पनि माग गर ... read more...

  • दुई लाख घुस लिने ताप्लेजुङका दुई सहायक वन अधिकृत समातिए

    ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्ति ... read more...

  • स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, छानविन होला त ?

    काठमाडौं । भ्रष्टाचार काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट औषधी तथा मेडिकल सामाग्री खरिद काण्डमा मुछिएका स्वास्थ्यमन्त्री ढकालविरुद्ध विवेशील नेपाली दलका बाग्मती प्रदेशसभा सांसद रमेश पौडेलले अख्तियारमा उजुरी हालेका हुन् । बजार भाउभन्दा ४ गुणा महंगोमा स्वास्थ्य सामाग्री खरिद गरिएको बिषयमा केही दिनदेखि उनको चौतर ... read more...

  • अदालतका स्रेस्तेदार (उपसचिव) नै ३० हजार घुससहित समातिए

    पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले जिल्ला अदालत कास्कीका स्रेस्तेदार (उपसचिव) लोकनाथ पराजुलीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारले उपसचिव पराजुलीलाई पोखरा महानगरपालिका वडा नम्बर-५ पस्र्याङस्थित मदिरा पसलमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा बुधबार साँझ पक्राउ गरेको हो । विवादास्पद छविका पराजुलीले संगठित अपराध सम्वन्धी मुद्दामा पक्राउ ... read more...

  • सरकारी जग्गा हिनामिना मुद्दा: पहिलो प्रतिवादी जेल चलान

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दामा तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल जेल चलान भएका छन् । विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र चन्द्रबहादुर सारूको सोमाबारको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो । ललितानिवास प्रकरणमा अदालतमा उपस्थित हुने पौडेल नै पहिलो प्रतिवादी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ माघमा एक सय ७५ विरुद्ध अदालतमा मुद्दा ... read more...

  • प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड घोटाला, कारबाही भएन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले प्रधानमन्त्री कृषि परियोजनाको नाममा सरकारले शीत भण्डारका लागि दिएको करोडौं अनुदानमा अपेक्षा ... read more...

  • रेडक्रसमा करोडौं भ्रष्टाचार, छानविन गर्न सांसदहरुको माग

    काठमाडौं । महिला तथा सामाजिक समितिको शुक्रबारको बैंठकमा सांसदहरुले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक अनियमितता छानविन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले रेकक्रस सोसाइटीभित्र भ्रयटाचार मात्र नभई नातावाद, क्रिपावाद र राजनीतिकरण समेत मौलाएको भन्दै छानविन गर्न माग गरे । यसअघि रेडक्रसमा देखिएको आर्थिक अनियमितता छानविन गर्न माग गरेर दोषी उपर कारबाही गर्न भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचा ... read more...